ताजा अपडेट »

स्वतन्त्र उम्मेदवार असलम भन्छन्- राजनीतिक दलविरुद्ध मेराे उम्मेदवारी

सोमबार, २८ कार्तिक २०७९, ११ : ४५
4 Shares

भैरहवा । रुपन्देही १ (ख) उम्मेदवार असलम खानले राजनीतिक दलबाट खासै विकास नभएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । भैरहवामा सञ्चारकर्मीहरूसँगको छलफलमा उनले १५ वर्षदेखि राजनीतिमा लागे पनि पछिल्लो ६ महिनादेखि कुनै पार्टीमा नरही स्वतन्त्र रूपमा रहेको र अब कुनै पार्टीमा नरहने बताए ।

ठूल्ठूला पार्टीका उम्मेदवारले जितेर गए पनि कुनै विकास नभएकाे र जनताकाे जीवनस्रर माथि नउठेकाले आफू स्वतन्त्र उम्मेदवार बनेकाे उनकाे भनाइ थियाे । ‘जनताले निर्वाचित गरेर पठाए पनि विकास देखिने गरी नभएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छु । घरदैलोमा पनि जनता पक्षमा देखिएका छन् , सकारात्मक छन् । नतिजा पक्षमै आउने लाग्छ,’ असलमले भने ।

जसपाको युवा संगठन समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष भइसकेका उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न र समाजको उत्थानकै लागि लागिपर्ने बताए । ‘दलहरूले व्यक्तिगत स्वार्थका लागि तालमेल र गठबन्धन गरेर जनतालाई फेरि भ्रमित पार्ने काम दोहोर्‍याइरहेका छन्, अहिले जनता जागरुक भएकाले मतदाताहरूले विश्वास गरेर मत दिइनु नै मेरो जित्ने आधार हो,’ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।