ताजा अपडेट »

तिलोत्तमास्थित दुर्गादत्त माविमा नमूना मतदान

शनिबार, २६ कार्तिक २०७९, २१ : ३७
26 Shares

तिलोत्तमा । शंकरनगर दुर्गादत्त माविमा शुक्रबार नमुना मतदान गरिएकाे छ । कूल ३३० मतमध्ये अध्यक्ष पदमा सेक्टर ए का विद्यार्थी गणेशमान पुन ३३४ मतका साथ विजय भएका छन् भने उपाध्यक्षमा विद्यार्थी अस्मिरा सुनार १२९ मतका साथ विजयी भएका छन् । शुक्रबार भएकाे नमुना मतदानमा सेक्टर बि मा अध्यक्ष निशा चाैधरी र उपाध्यक्षमा मनाेज भण्डारी विजयी भएका छन्।

अध्यक्ष पदका उमेदवारहरू विपर्सन कुँवर , प्रशान्त राना , शिशिर शर्मा र अमृत बस्नेतलाई पराजित गर्दै गणेशमान पुन विजयी भएका हुन् । त्यस्तै उपाध्यक्ष पदका उमेदवारहरू हर्षिता घिमिरे , प्रज्ञा भुसाल , दिपा गैह्रे , सबिना ज्ञवाली , सृष्टि गैह्रे , भावना खत्री , दिपिका न्याैपानेलाई पराजित गर्दै अस्मिरा सुनार विजयी भएकाे प्रमुख निर्वाचन आयुक्त चण्डीप्रसाद पाण्डेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।