ताजा अपडेट »

बुटवलस्थित बागेश्वरी संगीतालयमा राग मञ्जरीको दशौँ श्रृंखला

शनिबार, २६ कार्तिक २०७९, २० : ५३
24 Shares

बुटवल । वागेश्वरी संगीतालयमा राग मञ्जरीको दशौँ श्रृंखला शनिबार सम्पन्न भएको छ । वागेश्वरी संगितालयका विद्यार्थीहरूको समूह वागेश्वरी म्युजिक क्वलको आययोजनामा राग मञ्जरीको दशौँ श्रृंखला सम्पन्न भएको हो । हरेक महिनाको अन्तिम शनिबार हुने सो श्रृंखलामा शनिबार ध्रुपद गायन विशेष प्रस्तुत गरिएको थियो । ध्रुपद गुरूकुल काठमाडौंको गायनको समुहद्वारा ध्रुपद गायन प्रस्तुत गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संगीतालयका व्यवस्थापक लालीमाया श्रेष्ठले राग मञ्जरीको हरेक श्रृंखलाहरू उत्साहजनकरूपमा अगाडि बढेको बताउँदै यसमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रमको पहिलो प्रस्तुतिको रूपमा व्यवस्थापक लाली श्रेष्ठ र ध्रुपद गुरूकूल काठमाडौका नानाको ताकी उचीले सरस्वती बन्दना प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो प्रस्तुतिको रूपमा ध्रुपद गुरूकूल काठमाडौकै मुकेश शाक्यले स्लो तबला बादन प्रस्तुत गरेका थिए । त्यसैगरी मणिग्राम शाखाका विद्यार्थी कुशल अविरलले तेस्रो प्रस्तुतिको रूपमा राग भुपाली प्रस्तुत गरेका थिए । भुपाली रागमा कुशललाई हार्मोनियममा अनुज गाहा र तबलामा सुरेश सेन्चुरीले साथ दिएका थिए भने अर्का विद्यार्थी अनुज गाहाले राग बिहाग प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका गजलकार बुँद रानाले राग भनेको प्रेम भएको र त्यो प्रेम आकर्षण हो भन्दै वागेश्वरी संगीतालय संगीतको बगैँचा भएको बताए । कुनैपनि कुरामा सफलता प्राप्त गर्नका लागि त्याग र तपस्या जरूरी रहेको भन्दै सिक्ने कुरामा संकोच र लाज नमानी प्रयास गर्दै जाँदा सिकाई प्राप्त गर्न गर्न सकिने बताए ।

राग मञ्जरीको विशेष प्रस्तुतिको रूपमा ध्रुपद गुरूकूल काठमाडौका विशाल भट्टराई , इन ओइसोले ध्रुपद गायन प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन गर्दै संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले कार्यक्रममा उपस्थित हुने सबै शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।