ताजा अपडेट »

ईन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा बुटवलको कान्तिका प्रशान्त उत्कृष्ट २२ नम्बरमा

शनिबार, २६ कार्तिक २०७९, १४ : २१
22 Shares


बुटवल । त्रिभुवन विश्व विद्यालय ( IOE) ईस्टिच्युट अफ ईन्जिनियरिङ अध्ययन सस्थानले लिएको प्रवेश परिक्षा बुटवलको कान्ति माबिका प्रशान्त पाैडेल उत्कृष्ट २२ नम्बरमा परेका छन् । सो परिक्षामा ९ हजार ५ सय परिक्षार्थीले स्नातक तहमा ईन्जिनियरिङ विद्याका विभिन्न क्षेत्रमा अध्ययनका प्रवेश परिक्षा दिएका थिए ।

यहि २४ गते सार्वजनिक भएको प्रवेश परिक्षाकाे नतिजामा लुम्बिनी प्रदेश सरकारले नमुना विज्ञान विद्यालयका रुपमा अगाडि बढाएकाे कान्ति माध्यमिक विद्यालयका प्रशान्त पाैडेलले उत्कृष्ट २२ नम्बरमा नाम निकाल्न सफल भए भने उनी सँगै प्रशान्त रेग्मीले पूर्ण छात्रवृत्तिमा पढ्नका लागि नाम निकालेका छन ।

यसैगरी साे विद्यालयबाट कक्षा १२ विज्ञान विषय उतिर्ण गरेका अन्य १३ जना विद्यार्थीले आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भएको कुरा प्राधानाध्यक गाेविन्द ज्ञवालीले जानकारी दिए । विद्यालयले हरेक हप्ता स्नातक तहका प्रवेश परिक्षाकाे तयारीलाई सहयोग पुग्ने गरि आन्तरिक परिक्षा लिने र हरेक दिन एक अतिरिक्त कक्षा थप गरेर विद्यार्थीहरुलाई तयारी कलास दिने गरेकाेले यस प्रकारकाे नतिजा प्राप्त भएको कुरा ११ र १२ का विज्ञान समुहका ईन्चार्ज माेहन भट्टराईले बताए ।

याे सँगै पछिल्लो समयमा रुपन्देहीका सामुदायिक तथा सस्थागत विद्यालयले माध्यमिक तहकाे विज्ञान शिक्षाक्षेत्रमा चमत्कारीक परिवर्तन गरेको कुरालाई पछिल्लो समयका प्राविधिक धारका स्नातक तहका प्रवेश परिक्षाहरुका नतिजाले प्रमाणित गरेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।