ताजा अपडेट »

शल्य चिकित्सकहरुको १३औं राष्ट्रिय सम्मेलन भैरहवामा सुरु

विहीबार, २४ कार्तिक २०७९, १९ : ००
17 Shares

भैरहवा । नेपाल शल्य चिकित्सक समाजको १३ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि भैरहवामा सुरु भएको छ । कार्तिक २६ गते सम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बांग्लादेशका शल्य चिकित्सक गरि ३ सय बढीले सहभागीता जनाउने आयोजकले बताएका छन् । बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी दिईएको छ ।

नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डाक्टर सुनिल कुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सिपलाई ठोस रुपमा बिश्लेषण गरि सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए ।

उनले समाजले यो सम्मेलन प्रत्येक २ बर्षमा र अन्र्तराष्ट्रिय सम्मेलन समेत आयोजना गर्ने गरेको जानकारी दिए । सम्मेलन मार्फत विश्वमा शल्य चिकित्सामा भई रहेको नयाँ प्रयोग, प्रविधिहरुबारे जानकारी आदान प्रदान हुने ढकालले बताए । “सिप युक्त उपचार” नारा दिईएको राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

दोश्रो र तेश्रो दिनको कार्यक्रम लुम्बिनीमा रहेको होटल पवन प्यालेसमा हुने साईन्टिफिक कमिटीका अध्यक्ष डाक्टर राजेश पौडेलले बताए । पहिलो दिनको कार्यक्रममा वरिष्ठ शल्य चिकित्सकद्वारा कनिष्ट शल्य चिकित्सक एवम सो सम्बन्धमा अध्ययनरत चिकित्सकहरुलाई रक्त धमनी शल्यक्रियाका बिषयका सिप सिकाएका उनले बताए ।

साथै बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शल्य चिकित्सकबाट शल्यक्रियाको प्रत्यक्ष भिडियो प्रस्तुती गरिएको थियो । सम्मेलनको दोस्रो दिन कार्यक्रम उद्घाटन सहित कार्यपत्र प्रस्तुति समेतको मुख्य गतिविधिहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय विशेषज्ञहरुबाट गरिने पौडेलले बताए । यूरोलोज (मुत्रनली, मृगौला तथा पिसाब थैली सम्बन्धि), बाल शल्य चिकित्सा, मुटु फोक्सो तथा नशा सम्बन्धि शल्य चिकित्सा, एवम जनरल तथा गेस्ट्रो सर्जरी विषय समाबेश हुने पौडेलले बताए।

तेस्रो दिन प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, जनरल तथा गेस्ट्रो सर्जरी विषयमा गरि जम्मा १ सय ५२ वटा कार्यपत्र प्रस्तुत गरिने उनले बताए । सम्मेलनमा देश तथा विदेशवाट करिब ३ सय जना सहभागी हुने र सम्मेलनले शल्य चिकित्सा सम्बंधि उपचार पद्धतिको विकासमा उल्लेखनिय टेवा पु¥याउने अपेक्षा गरिएको नेपाल शल्य चिकित्सक समाजका लुम्बिनी प्रदेश अध्यक्ष डाक्टर सन्तोष साहले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।