ताजा अपडेट »

‘प्राविधिक शिक्षालाई उत्पादनसँग जोड्नु पर्दछ’

मंगलबार, २२ कार्तिक २०७९, २० : ४६
26 Shares

बुटवल । प्राविधिक शिक्षालाई उद्यमशीलता, स्वरोजगार, उत्पादन, सृजनशिलता र आत्मनिर्भरतासंग प्रत्यक्ष जोडनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अक्सबृज इन्टरनेशनल एकेडमी बुटवलले संचालन गरेको ल्याब, सिभिल र कृषिका विद्यार्थीलाई स्वागत अभिमुखिकरण तथा अभिभावक भेला कार्यक्रममा बोल्ने वक्ताहरुले उत्पादन र उत्पादनलाई बजारसंग जोड्न र बजारलाई समृद्धिसंग जोड्न सके मुलुकको आर्थिक समृद्धिका लागि टेवा पुग्ने बताए ।

सिटिइभिटी लुम्बिनी प्रदेश कार्यालय प्रमुख गोपाल प्रसाद आचार्यले प्राविधिक शिक्षालाई रोजगारी भन्दा पनि स्वरोजगार बन्नका लागि सहज हुने धारणा राखे । एकेडमीका उपाध्यक्ष गोविन्द खनालले प्राविधिक शिक्षा उद्यमशीलता, स्वरोजगार, उत्पादन,सृजनशिलता र आत्मनिर्भरतासंग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्यले यस्ता विषय अध्यापन गराउने संस्थाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए।

उनले सबै प्रकारका प्राबिधिक शिक्षा बैज्ञानिक, गुणस्तरीय, सर्वसुलभ र सबैको सरल पहुँचको बनाउन सरकारले विशेष नीति अबलम्बन गर्न आवश्यक रहेको औंल्याएँ। संस्थाका प्रबन्ध निर्देशक डीपी खनालले रुपन्देही जिल्लामा नमूना र अवल ल्याव टेक्निकल अध्यापन गराउने संस्थाका रुपमा स्थापित गराउने बताए ।

सो अवसरमा संस्थामा भर्ना भएका विद्याथीका अभिभावक नरप्रसाद श्रेष्ठ, प्रशिक्षक सागर भुसाल, केशव महत,पत्रकार हरिश ढकाल लगाएतले आफ्ना भनाई राखेका थिए । अक्सबृज इन्टरनेशनल एकेडमीमा ल्याबतर्फ ३० जना सिभिल इन्जिनिएरमा र कृषिमा समान ४० जना गरि जम्मा १ सय १० जना विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्नका लागि भर्ना हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।