ताजा अपडेट »

नेपालका अनाथ–अपाङ्ग बालबालिकालाई सहयोग गर्न दुबइमा कार्यक्रम

मंगलबार, २२ कार्तिक २०७९, २० : ०३
25 Shares


यूएई । विभिन्न तरिकाबाट, अनाथ तथा शारीरिक अपंगता भएका बालबालिकाहरूको सहयोगका लागि युएईमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

देशका विभिन्न क्षेत्रमा, अभिभावक गुमाएर अलपत्र अबस्थामा रहेका तथा अभिभावक बिहिन अनाथ एबं असाहय र अपाङ्ग बालबालिकाको राहात् का निम्ति नोभेम्बर १३ तारिक कार्यक्रम आयोजना गरिएको हो ।

सोे अवसरमा नेपालबाट पछिल्लो समय चर्चामा रहेका कलाकारहरूले प्रस्तुति दिनेछन् । कार्यक्रममा लोक गायक भागिरथ चलाउने, गायिका सुनिता बुढाक्षेत्री, गायक तिलक बस्नेत, गायक नेत्र अर्याल लगाएत युएईमा रहेका स्थानीय कलाकारहरूको प्रस्तुति रहने सो कार्यक्रम व्यवस्थापन गरिरहेका हरि डांगीले बताए ।

परदेशमा, रहेपनि सामाजिक मनोभावनालाइ प्रेरित गर्दै मानवीय कार्यमा सहयोगका निम्ति कार्यक्रम राखिएको उनले बताए । सो कार्यक्रममा संकलित आर्थिक रकम नेपालका विभिन्न क्षेत्रमा कस्टकर जीवनमा रहेका बालबालिकाको उद्धारमा सहयोग हुने उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।