ताजा अपडेट »

आजदेखि बुटवलमा ‘बहुला काजीको सपना’ नाटक

मंगलबार, २२ कार्तिक २०७९, १५ : ०२
16 Shares

बुटवल। आजदेखि बुटवलमा ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन हुँदै छ । बुटवलस्थित बागेश्वरी संगितालयमा नाट्यकार विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक सुरु हुँदैछ । एकहफ्तासम्म चल्ने नाटक साँझदेखि सुरु हुँदैछ । समाज रुपान्तरणको चित्रण गर्ने नाटकलाई मूर्तरुपमा मञ्चन गर्दै प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक राजकुमार पुडासैनीले बताए ।

बागेश्वरी संगितालयको आयोजनामा हुने नाटक मञ्चन दैनिक प्रदर्शन गरिने संगितालयका प्रबन्ध निर्देशक सुरेश सेञ्चुरीले बताए । उनले यस अगाडि पनि विभिन्न नाटक प्रदर्शन गरिएको बताउँदै काठमाण्डौं बाहिर बुटवलमा नाटक मञ्चन र अवलोकनको अभ्यासलाई निरन्तरता दिन पनि बहुला काजीको सपनालाई प्रदर्शन गर्न लागिएको बताए ।

नाटकमा धनी र गरिबबीच रहँदै आएको भिन्नता, सामाजिक अवस्थासँगै रुपान्तरका सवालहरु पनि समेटिएको नाटकका निर्देशक पुडासैनीले बताए । नाटकमा वीरबल शर्मा,रमेश रिजाल,सम्मन शर्मा,अश्विन केसी, तारा वली,कपिलदेव अधिकारी,धर्म भण्डारी,निहारिका ढुगांना,प्रमिला बिश्वकर्मा,सबनम काफ्ले,अभिषेक गैरे ,जनक भण्डारी ,निशान थापा,सुरक्षा थापा लगाएतको अभिनय रहेको छ ।

नाटक अवलोकनका लागि विद्यार्थीलाई १५०, सर्वसाधारणलाई ३०० र विशिष्ट व्यक्तिलाई ५०० रुपैयाँ (स्वेच्छामा) टिकटको व्यवस्था गरिएको आयोजक बागेश्वरी संगितालयका प्रबन्ध निर्देशक सेञ्चुरीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।