ताजा अपडेट »

'सरकारले सुन आयात घटाउँदा व्यवसायी मर्कामा' भन्दै ज्ञापन पत्र

सोमबार, २१ कार्तिक २०७९, १८ : ०५
54 Shares


बुटवल । रुपन्देही सुनचाँदी व्यबसायी संघले सुनकोे अभाव र कालोबजारी रोक्न नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ज्ञापनपत्र बुझाएको छ
संघको नेतृत्वमा बजारमा भएको छापावाला सुनको चरम अभाव तथा कालोबजारी, बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघलाई ५ बूँदे ज्ञापनपत्र बुझाएको हो ।

रुपन्देही सुनचाँदी व्यबसायी संघको नेतृत्वमा सोमबार जिल्लाका सुनचाँदी व्यबसायीहरुका व्यवसायी समस्याहरु सम्बन्धमा नेपाल सुनचाँदी व्यबसायी महासंघलाई जानकारी गराई उक्त समस्याको जानकारी गराई व्यबसायीको समस्या समाधानको लागि ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाइएको महासचिव सिताराम रसाइलीले बताए । जिल्लाका व्यवसायीले व्यवसायमैत्री करोबार सञ्चालन ऐन लागू गर्न, एसोसिएट सदस्यता खारेज गर्न तथा कालोबजारी अन्त्य गर्न नेपाली सुनचाँदी व्यवसायी महासंघले खाका तयार गर्नुपर्ने संघको माग छ । जारमा सुन अभाव भएकाले व्यवसाय बचाउँन विचौलियाहरुसँग महङ्गोमा सुन खरिद गरेको रुपन्देहीका सुन व्यवसायीहरुले बताएका छन् ।

ज्ञापनपत्रमा, सुनको आपूर्ति वृद्धि गर्न र त्यसको आपूर्ति न्यायोचित र पारदर्शि बितरणको लागि महासंघ तत्काल लाग्नुपर्ने,राज्यका सम्बन्धित निकायसंग समन्वय गरि सुनको कालोबजारी अन्त्य गर्न अबिलम्ब लाग्नुपर्ने,एसोसियट सदस्यहरु बाट कोटाको सुन निकासीमा अनियमितता गरि कालो बजारी गरेको भन्ने गुनासो आएको हुँदा त्यसको छानबिन गरि दोषीलाई कारबाहि गर्ने र सदस्या समेत खारेज गर्नुपर्ने,सुनको आपूर्तिको दिर्घकालिन समाधानको लागि कोटा प्रणलीको अन्त्य र व्यबसायीहरुको आवश्यकताअनुसार सहज रुपमा सुन किन्न सक्ने व्यवस्था मिलाउन राज्यसंग अबिलम्ब पहल गर्ने र लामो समयदेखि थाति रहेको सुनचाँदी व्यबसाय सम्बन्धि नियमावली तथा निर्देशिका पारित गर्ने कुरामा गम्भिर रुपमा लाग्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन बिश्वकर्माले विभिन्न बाहानामा व्यवसायीले सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा प्रयाप्त नहुँदा कालोबजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको कालोबजारीको रुपमा अधिक मूल्य तिरेर सुन खरिद गर्न वाध्य हुनु नै अहिलेको मुख्य समस्या भएको बताउदै यस्ता किशिमका व्यबसायीक समस्या अन्त्यका लागि संस्थाहरुले उठाएका मागलाई महासंघले नेतृत्वदायी भूमका खेल्न आग्रह गरे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बिज्ञ परामर्श समिती संयोजक प्रेम कुमार सेन्चुरीले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यबसायीको हकहितको लागी महासंघ सदैब तत्पर रहेको बताए । बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव र माग अनुसार आपूर्ति नहुँदा ग्राहकहरूको माग अनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नभएको बताउँदै उनले गत ६ महिनादेखि सरकारकले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरू मारमा परेको बताए ।

नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ किलोसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० किलोमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष जोगलाल बिश्वकर्मा , दिएस रत्न शाक्य,पवन सोमानी ,महेन्द्ररत्न शाक्य महासचिव धर्म सुन्दर बज्राचार्य ,सचिव किरण किरणभाइ बज्रचार्य,कोषध्यक्ष सुदिप क्षेष्ठ,संस्थापक अध्यक्ष मणिरत्न शाक्य ,सल्लाहकार बिक्रम सुनार,डिल बहादुर खाती ,गकुल कालिराज दिपक कौशल,सिताराम रसाइली लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला संघमा आबद्ध आठ ओटा नगरसंघका अध्यक्ष सचिव ,जिल्ला कार्यसमितीका पधादीकारी,सल्लाहकार ,प्रदेश संघका प्रतिनिधि एवम् रुपन्देही जिल्लाबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको सहभागिता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।