ताजा अपडेट »

एसियाली राजनीतिमा उतारचढाव

सोमबार, २१ कार्तिक २०७९, १६ : ५८
11 Shares

विगत केही हप्तादेखि दक्षिण एसिया वा एसियाली राजनीतिमा केही राजनीतिक उतारचढाव भएको प्रष्ट महशुस गर्न सबैले पाए । युक्रेन र रसियाको युद्धका कारण विश्वभर शित युद्धको प्रारम्भिक अवस्थाले पनि एसियाली मुलुकमा उतारचढाव भएको हुन सक्छ । रमाईलो कुरा त भारतीय राजनीतिमा गान्धी युगको समाप्त भएको छ । मल्लीका अर्जुन खर्गेको उदयले भारतीय कङग्रेस आईमा नयाँ तरङ्ग उत्पन्न गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनबाट तेसो कार्यकालका लागि सिपीसीका महासचिवको रुपमा सिजिनपिङ निर्वाचित भएका छन भने नेपाली राजनीतिमा समेत केही फेरबदल देख्न सकिन्छ । अमेरिकी राजदुत रेन्डी बेरीले आफ्नो सफल कार्याकल बहन गरी फिर्ता भएका छन भने नयाँ राजदुतको रुपमा डिन.आर. थम्पसनको आगमन भएको छ । चिनियाँ राजदुत हौउ यान्छीको कार्यकाल पनि समाप्त भई अब को आउला भन्ने मा आंकलन सुरु भएका छन ।

यी परिर्वतनका संकेत तत्कालिन एसिया क्षेत्रका लागि सामान्य मान्न सकिदैन, हिन्द प्रशान्तिय क्षेत्रमा रहस्यमय हलचल मच्चिन सक्छ भन्ने पनि हो । सत्ता परिर्वतन भैरहेका छन । एक प्रकारका कर्पोट एलिट सत्ताको बागडोर समालिरहेका छन । अविकसित र विकासशिल मुलुकमा दबाबपुर्ण एजेण्डा भिराउन खोजिदै छ । अपगानीस्तान, श्रीलंकाका घटनाक्रम ताजै छन । एमसिसि, नागरिकता संशोधन बिधेयक लगायत बिषयमा चीन, भारत र पश्चिमा नेपाली राजनीतिमा कसरी सरिक हुन पुगे त्यो जगजायर नै छ । कार्गिल, डोकलाम, बलुचिस्थान, लिपुलेक, सिंज्याङ प्रान्तमा भएका घटनाक्रमले एसियाली राजनीतिमा खटपट पैदा छ भन्ने कुरालाई पुष्टि गर्दछ ।

यी उतारचढावले हिन्द प्रशान्त क्षेत्र, पुर्वी एसिया र दक्षिण एसियामा नयाँ तरङ्ग उत्पन्न भएको छ । एकातिर शित युद्धको आक्रान्त परिस्थिती र्को तर्फ ग्लोबल पोलिटिकल अडर मेनटेनका लागि शक्ति राष्ट्रको कसरत, यी दुबै विषयलाई सामान्य अर्थमा बुझेर काफी छैन् । यसका अभाव कुन दृष्टान्तबाट उत्पन्न भएका छन । यो बुझ्न सायद जरुरी छ । हिन्द प्रशान्त क्षेत्रमा पछिल्लो समय उत्पन्न भएका नव चुनौती माथि एसियाली चेत सामुहिक रुपमा निकास खोज्नैका लागि एक हुनु पर्ने छ । मुल कुरा त यी विषय सन्दर्भसँग नेपाल पनि जोडिएको छ ।

असंलग्न परराष्ट्रनीति विपरित नेपालले युक्रेनको पक्षमा अभिमत जाहेर गर्नुले शित युद्धसँग नेपाली राजनीति जोडिएको कुरा पुष्टि गर्दछ भने इन्डो प्यासिफिक स्ट्रटेजीको संग्लनताको विषयमा नेपाल माथि पश्च्चिमेली दबाब थेग्न नेपाललाई ग्राहो परेको अनुभुती पनि गर्न सकिन्छ । खासमा एक प्रकारको खेमा निर्माण प्रक्रियाको थालनी भएको छ । शक्ति केन्द्र राष्ट्रहरु विकाशिल, विकासउन्मुख र गरि राष्ट्रलाई आ–आफ्नो पक्षमा तान्न कोसिस गरिरहेका छन् भने स–साना राष्ट्र कसको ओत लाग्ने भन्ने बिषयमा तरखर छन । यो दुविधात्मक स्थिीतिले पोलिटिकल बार्गेनिङ्गलाई पक्षपोषण गरिरहेको छ ।

अमेरिका र रुसको शक्तिहोडको चक्रमा संवयम् विश्वका शक्ति राष्ट्र संयमित हुन जरुर छ । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा दुई खालका मिशन अग्रपङतीमा राखेको देखिन्छ । एउटा क्वाड समुहको गठन र दोस्रो ईन्डो प्यासिफिक स्ट्रेटीजी । भारत कहि न कही सुरक्षा परिषदकोे सदस्यको रणनीतिक चाखका लागि क्वाडमा जोडिएको छ भने रसियासँग ट्रेड रिलेसन । त्यसकारण पनि भारत दुई धुव्र बिच मध्यपन्थी लाईनको सम्बन्ध जोडिरहेको छ भन्न सकिन्छ । चीन एसिया क्षेत्रमा नयाँ ब्यारियर खडा गर्न चाहान्छ । त्यो बिशुद्ध साउथ चाइना सि को सुरक्षा, तिब्बत मामिला र बिआरईको कार्यान्वयन हुन सक्छ ।

अर्को अर्थ नलाग्ने हो भने चीन रसियन गुटबन्दीको रुपमा आफुलाई स्थापित गर्न चाहान्छ । २० औँ महाधिवेशनमा स–साना राष्ट्रको पहेरेदारीको रुपमा आफुलाई परिचित गराउन खोज्नु कहि न कहि चिनीया महत्वकाक्षा हुन सक्छ । तत् अवस्थामा युक्रेन समर्थनमा, भारत चीन मौन रहनु आफैमा कौटल्य चलाखी भन्न सकिन्छ । नेपालको हटाथ निर्णयले असंग्लग्न परराष्ट्रनीति र तटस्थताको सिद्धान्तलाई छोड्ने मात्र गरेन अपरिपक्व निर्णयको रुपमा प्रस्तुत गर्यो ।

यी तमाम समस्या एसिया लगायत हिन्द प्रशान्त क्षेत्रमा विकाश भैरहेका छन । यसको अन्तर्यमा नेपाल जस्ता भु–संवेदनशिल र सामरिक महत्व भएका मुलुकले समयमै ध्यान पुयाउनका साथै सचेत हुन पनि जरुरी छ । चीन र भारत जस्ता छिमेकी मुलुकसँग परस्पर सम्बन्ध कायम गर्दे स्वयम विश्वजगत संग समन्वायत्मक सम्बन्ध स्थापित गर्न सक्नु पर्छ । पक्ष विपक्ष भन्दा पनि असंग्लग्नता हाम्रो परराष्ट्रिय चिन्तन हो भन्ने बुझ्न जरुरी छ । बरु यो शित युद्धलाई शान्तिको मार्गमा ल्याउन एसिया क्षेत्रका अन्य राष्ट्रसँग शान्ति स्थापनाको एजेण्डालाई प्राथामिकतामा राख्नु पर्दछ । सार्क, आसियान, विमिस्टेक लगायत संस्थालाई क्रियाशिल गराई पिस कोओर्डिनेसन मिशनको रुपमा अघि बढाउनु पर्दछ । दोस्रो विश्वयुद्ध ताकाको समानता, भातृत्व र एकताको सुत्रलाई पूर्ण शान्ति स्थापनाका लागि स–साना मुलक एक ढिक्का हुनुपर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।