ताजा अपडेट »

विभिन्न स्थानमा एक विदेशीसहित ७ जना मृत फेला

सोमबार, २१ कार्तिक २०७९, १३ : २०
4 Shares

काठमाडौं  । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि सञ्चालन गर्दै आईरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

काभ्रेको पाचँखाल नगरपालिका–९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गिता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिका–२ चुनियास्थित जंगलमा हाल पहिचान नखुलेका पुरूषको शव आइतबार फेला परेको छ । 

कैलालीको गौरीगंगा नगरपालिका–४ मा बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–२ हाटबजारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सप्तरीको राजबिराज नगरपालिका–६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको टवाईलेट माथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।