ताजा अपडेट »

मर्चवारमा बिकासले बिस्तारै काँचुली फेर्दैछ : रुपन्देही-४ का उम्मेदवार प्रमोद यादव

सोमबार, २१ कार्तिक २०७९, १२ : २८
37 Shares

भैरहवा । रुपन्देही जिल्ला नेपालमा सम्पन्न जिल्लाहरु मध्ये एक हो । अन्र्तराष्ट्रिय बिमानस्थल, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बिशेष आर्थिक क्षेत्र, मुलुककै दोश्रो ठूलो भन्सार नाका, औद्योगिक क्षेत्र, ठूला-ठूला बाटोले रुपन्देहीलाई सम्पन्नता तर्फ डोर्याएको छ ।

रुपन्देही जिल्ला सम्पन्न उन्मुख हुँदा जिल्लाकोे दक्षिणी क्षेत्र मर्चवार अपेक्षाकृत रुपमा विकास हुन सकेको छैन । प्रधानमन्त्री, गर्भनरदेखि प्रधानन्यायधिश सम्म रहेको मर्चवार क्षेत्रमा अपेक्षाकृत विकास नहुनुमा यहाँको राजनैतिक नेतृत्व तथा शिक्षा प्रमुख कारण रहेको यहाका स्थानीयहरुको ठम्याई छ । मर्चवारबाट विजयी हुने तत्कालीन सांसदहरुले मर्चवारको विकासमा भन्दा सत्ता प्राप्तीमै बढी जोड दिएका थिए । फलस्वरुप अरुको तुलनामा मर्चवार समयमै उभो लाग्न सकेन ।

२०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि मर्चवारमा बिकासले बिस्तारै काँचुली फेर्दैछ । स्थानीय तहहरुको प्रयास तथा संघीय एवम् प्रदेश सरकारमा रहेका सांसदहरुको प्रयासले मर्चवारमा पछिल्लो समय विकासले गति लिएको छ । प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादव, प्रदेश सभा सदस्य अष्टभुजा पाठक एवम् वसिउद्दिनको प्रयासमा अहिले मर्चवारमा विकास देखिन थालेको छ ।

गुरवनिया–सेमरा ४ लेनको बाटो, झुलनीपुर–अजमा पक्की बाटो र रमवापुर–भुवरी पक्की बाटोले अहिले मर्चवारलाई ३ तर्फबाट प्रवेशको बाटो खोलेको छ । बनगाई हुँदै मर्चवार जाने एक मात्र बाटो भएकोमा अहिले मर्चवारवासीलाई लुम्बिनी लगायतका स्थानमा सहज पहुँच पु¥याउने छ । यस बाहेक मर्चवार क्षेत्रका प्रत्येक पालिकामा पक्की बाटो देखि पिसिसि गरिएको छ । मर्चवारमा सहज पहुँचको लागि पक्की पुलहरु निर्माणको क्रममा रहेका छन् । दानो नदीमा ठाउँ ठाउँमा झोलुङ्गे पुलको निर्माण गरिएको छ ।

स्तरीय अस्पतालको अभावमा मर्चवारका जनता भैरहवा, बुटवल लगायतका ठाउँमा पुग्नु पर्ने बाध्यता रहेको थियो । तर अहिले सम्मरीमाईमा आँखा अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ । साथै पालिका स्तरिय हेल्थपोष्टहरु पनि निर्माण भईरहेको छ । मर्चवारकै बिभिन्न स्वास्थ्य संस्थाहरुमा २४ घण्टे प्रसुतिको ब्यवस्था गरिएको छ ।

शिक्षित मर्चवारको परिकल्पान गर्दै मर्चवारको केन्द्र मझगावामा रहेको बिद्यालयमा प्राविधिक शिक्षा सहितको उच्च शिक्षाको सुरुवात भएको छ । आधुनिक कलेज भवनहरुको निर्माण गरिएको छ । यस संगै प्रत्येक पालिकामा रहेका बिद्यालयहरुको भौतिक संरचना निर्माणको साथै गुणस्तरिय शिक्षाको लागि शिक्षकको क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक सामाग्रीको ब्यवस्थापन गरिएको छ ।

मर्चवारमा सबैभन्दा बढी समस्याको रुपमा रहेको कृषिको विकासको लागि पनि संघीय सांसद प्रमोद कुमार यादव, प्रदेश सभा सदस्यहरु अष्टभुजा पाठक र वसिउद्दिन खाँ मार्फत यसको सुधारको प्रयास गरिएको छ । सिंचाईको लागि एक मात्र साधनको रुपमा रहेको मर्चवार लिफ्ट सिंचाईलाई अझ बढी कृषकहरु माझ पु¥याउने प्रयास गरिएको छ । यस संगै सुमेरगढमा पनि लिफ्ट सिंचाईको काम अगाडी बढेको छ । कृषकहरुमा स्थानिय तह मार्फत कृषि बोरिङ्ग वितरण गरिएको छ । यस संगै दिर्घकालीन सिंचाईको लागि बुटवलबाट आएको नहरलाई मर्चवारको मुल नहरमा जोड्न पनि सफल भएका छौ ।

मर्चवारको धार्मिक पर्यटनमा महत्व राख्ने महत्वपूर्ण स्थानहरु छ । मर्चवारी मन्दिर, कोटहीमाई मन्दिर, देउरवा बाबा लगायत दर्जन बढी धार्मिक महत्व बोकेका स्थानहरु छन् । यिनीहरुको बिकास तथा पुनः निर्माणमा यस अघिका सांसदहरुले प्रयाप्त ध्यान दिन सक्नु भएन । मर्चवारी देवीकै नामबाट मर्चवारको नाम रहेको छ । तर यसका भवनहरु जिर्ण रहेका छन् । अहिले यसको गुरुयोजना बनाई बहुबर्षिय योजना अन्र्तगत बृहत काम हुने क्रममा रहेको छ । यज्ञशाला, धर्मशाला निर्माण गरिएको छ । सुनसान हुने मर्चवारी मन्दिरमा चहलपहल हुने गरि काम गरेका छौं । मर्चवारी देवीसँगै यस क्षेत्रमा रहेका बिभिन्न मठमन्दिर, मस्जिदमा आवश्यकता अनुसारको सहयोग गरेका छौं ।

संघ र प्रदेशको निर्वाचनको केही समय पछि नै कोभिडको सन्त्रासको कारण जुन अनुपातमा काम हुनु पर्ने हो त्यो हुन सकेको छैन । तर कोभिड पछि को डेढ बर्षमा नै मर्चवारको समग्र विकास देखिने गरि काम गरेका छौं । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास भएको मर्चवारमा अझै धेरै विकास बाँकी नै रहेको छ । मैले बल्ल श्रोतहरु पहिचान गर्न सकेको छु । बजेट कसरी ल्याउन सकिन्छ, कसरी ठूला योजनाहरुमा काम गर्न सकिन्छ भनेर बल्ल बुझेको छु । यसैले मर्चवारको समग्र बिकासको लागि फेरी उम्मेदवारी दिएको छु । यस पटक विकास हुन बाँकी रहेका प्राय सबै काम पुरा गरि समृद्ध मर्चवार बनाउने प्रतिवद्धता गर्दछु ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका प्रमोद कुमार यादवसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको । -ग्लोबल आवाजकर्मी राधेश्याम विश्वकर्मासँगको कुराकानीमा आधारित ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा