ताजा अपडेट »

दलहरुले पहिलेका चुनावी घोषणापत्रलाई फर्केर हेर्नेकी ?

आइतबार, २० कार्तिक २०७९, १७ : १९
17 Shares

मंसिर चार नजिकिदैँ जाँदा पार्टीहरु पनि निकै एग्रेसिप बन्दै गएका छन् । सबैले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । घोषणा पत्रमा पाँच वर्षमा गर्नै नसकिने हुनै नसक्ने उडन्ते काल्पनिक बुँदाहरु पनि राखिएका छन् । आगामी योजनाका बुँदाहरु राख्दै गर्दा विगतको समिक्षा कसैले पनि गरेको छैन् ।

हिजो सत्तामा एमाले मात्रै पनि थिएन, माओवादी मात्रै पनि थिएन र कांग्रेस मात्रै पनि थिएन् । तिमीहरू एक्लै हुँदा वा साझा सरकार हुँदा समग्र देशको प्रगति भएको तथ्यांक छ त ! व्यापार घाटा कम भएको, भष्टाचार कम भएको, राजनैतिक हस्तक्षेप कम भएको विदेशी ऋण कम भएको हिसाब कतै भेटिन्छ त ! त्यो कुरा कहि कतै भेटिदैन् । अहिले घोषणा पत्रमा, उंमेदवारको अन्तरवार्तामा वा भाषणमा मैले बाटो बनाएको हँु , मैले पुल बनाएको हुँ, मैले अस्पताल बनायको हुँ, मेरो पालामा नहर बनेको हो आदि इत्यादि बकवास गर्दै अगाडि बढी रहेका छन् । तिनै कुरालाई पढेलेखेका भनिएका, राजनैतिक इतिहास बोकेका भनिएका, बुद्धिजीवी कहलाइयका आफुलाई सचेत र नैतिकवान भन्ने अन्य नेता कार्यकर्ताहरु चर्को चर्को स्वरमा त्यहि कुरालाई हो मा हो मिलाउँदै जनताको दिमागमा जवरजस्त घुसाउने असफल प्रयास गरिरहेका छन् ।

सामान्य चेतनाको कुरा यो हो कि तिमिहरुले जुन विकासको रटना लगाई रहेका छौं । त्यो कुरा कांग्रेसको माननीय भएको भय पनि हुने थियो । एमाले वा माओवादी जो कोहि भएको भए पनि बाटो बन्थ्यो, पुल बन्थ्यो, कल्वट बन्थ्यो, अस्पताल बन्थ्यो, वोल्लो गाउँमा नबने पल्लो गाउँमा बन्थ्यो, वोल्लो जिल्लामा नबने पल्लो जिल्लामा बन्थ्यो, कहिन कहित बन्थ्यो, अर्थ मन्त्रालयबाट विनियोजन भएको रकम जो कोहि भयपनी खर्च गर्नै पथ्र्यो ।

फरक यहि हुन्थ्यो कि कांग्रेसको सभासद भए कांग्रेसी इलाकाको ठाउँमा राख्ला, एमाले वा माओवादी जसपाको सभासद भय आफ्नो इलाकामा खर्च गर्ला । देशको कुनै न कुनै भागमा त्यो रकम खर्च त हुनै पर्दथ्यो । अनि यो विकास टोपबहादुरले गरेको, यो विकास पुष्पा भुसालले गरेको या बिष्णु पौडेल गरेको यो विकास शंकर पोख्रेलले गरेको उपेन्द्र यादवले वा महन्त या माधव नेपालले गरेको भनेर नाकका पोरा भुलाउनु, चेतना भएकाहरु समेत त्यही कुराको रटना लगाउनु भनेको आफ्नो स्वाभिमान माथि आँफै बलात्कार गर्नु र दासताको परिचय दिने कुरा होइन भनेर कसरी भन्न सक्दछौं ।

विकासको मापन, कुन गाउँको बाटो कालोपत्रे भयो, कुन ठाउँमा भ्युटावर बन्यो, कहाँ मन्दिरलाई पैसा पर्यो, कहाँ स्वागतद्वार बन्यो वा कसको पालामा बन्यो, त्यो विषयलाई नै विकासको मापन मान्न सकिदैन् । समग्रमा आज २१ औँ शताब्दीमा हाम्रो देश कहाँ छ । कुन कुन कुरामा अन्य देशलाई उछिनेर अगाडि बढ्यो । कुन–कुन कुरामा प्रगति ग¥यो।, आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी कसरी भएको छ । के त्यहा कुनै प्रगति देखिन्छ । राष्ट्र प्रेम गर्छाै भन्नेहरूले के यो कुरा भन्न सक्दछौँ ?

सामान्य ज्ञानको कुरा यो हो कि विवाह गर्न गएका जन्तिको कुरा र निर्वाचनको समयमा उम्मेदवार वा पार्टीले बोलेको कुरामा विश्वास गर्नु भनेको आफुले आफैलाई मूर्ख बनाउने कुरा हो । हामिलाई सम्झना होलाकी हामी सानोमा छिमेकी वा नातेदारको विवाहमा जन्त गएको समयमा गहना र कपडाको बारेमा दुई पक्षबीच घमासान विवाद चल्दथ्यो । कन्या पक्षकाहरुले प्रश्न गर्दथे कि दुलाहिको लागि सुनकावाला कहाँ छन् ! सिको फाइभ घडी कहाँ छ ! जिउतिमाथिको साडी दुलाहिको बराबरको ल्याउने भनेको के भयो ! सुनको सिक्री कहाँ छ ! आदि अनि जन्ती पक्षको सिपालु मान्छे आगाडी बढ्दथ्यो र कुरा मिलाउथ्यो, हो ! हजुरहरुले भनेको कुरा मुनासिप छ ।

हतारमा धेरै कुरा छुट्न गए छन्, दुलाही धुरपाइलो फर्काउन आउँदा सुनका बाला, सुनको सिक्री, सिको फाइभ घडी सबै लगायर आउने छिन्, विवाह सम्पन्न हुन्थ्यो, दुलही लिएर आइसके पछी ती जन्तिले के सबै वाचा कबल पुरा गर्दछन् ! ठिक त्यस्तै निर्वाचनमा उम्मेदवारले पनि हाम्रो गाउँमा खाने पानी छैन । निर्वाचन पछि, हाम्रो स्कुलको कोठा थप्न छ, निर्वाचन पछी, हाम्रा युवाहरू बेरोजगार छन्, निर्वाचन पछी, तपाई जे माग राख्नुस उम्मेदवारले कुनै कुरा हुन्न भन्ने छैन, तर निर्वाचन पछी के सबै विषयहरु पुरा भएका छन् त ! त्यसैले यी कुराहरुमा विश्वास गर्नु भनेको आफै उल्लु बन्ने कुरा हो ।

यसर्थ आगामी मंसिर चार गतेको निर्वाचनले विकास निर्माणको क्षेत्रमा कुनै आधारभूत परिवर्तन ल्याउन सक्ने छैन । दलहरूका घोषणापत्रमा लेखियका वा उमेदवारहरुले वाचा गरियका आधारमा विश्वास गर्ने कुनै आधार रहेकोे छैन् । अहिले निर्वाचनको वहस र आफ्नो मतपत्र कहाँ प्रयोग गर्ने भन्ने जुन प्रश्न छ । त्यसलाई दुई विचारका आधारमा हेरिनु पर्दछ । एउटा विचार, जे जति प्राप्त भएको छ, त्यो आज सम्मको शंघर्षको प्रतिफल हो, पचासौं कमि कमजोरीका बाबजुद गणतन्त्रात्मक संविधान हामीले जुन प्राप्त गरेका छौं।

त्यसको रक्षा गर्दै अन्य आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक अधिकारहरुको नीति संघर्ष गर्र्दै अगाडि बढ्ने, शासकीय स्वरुपको परिवर्तन गरि कार्यकारी राष्ट्रपतिको प्रकियाबाट अगाडि बढ्ने विचारका आधारमा अगाडि बढ्न सकिन्छ भन्ने विचार र अर्को यस्को अबमुल्यन गर्ने ससंद विघटनको माध्यमबाट संविधान धोस्त बनाउने र एकात्मक राज्य व्यवस्था त्यो राजतन्त्रात्मक पनि हुन सक्दछ या कुनै नयाँ हिटलरको परिकल्पना पनि हुन सक्दछको माध्यमबाट अगाडि बढ्ने चिन्तनका बीचको राजनैतिक बहस, अथवा भनौं एउटा पुष्पलाल विपि विचार राजतन्त्र विनाको प्रजातन्त्र या केशरजंग रायमाझी विचार जो राजतन्त्र सहितको लोकतन्त्र यो नै आजको मुल बहस हो ।

जुन निर्वाचनका समयमा पनि देखा परेको छ । सोही आधारमा मोर्चाबन्दी भएको पनि हामी देख्द छौं । अतः यी मध्ये राजतन्त्र रहितको उन्नत लोकतन्त्रको आंकाक्षा सहित सबै विसंगति र विकारहरुलाइ अन्त गर्दै सम्मुनत समाजवादको यात्रामा अगाडि बढ्नको निमित्त मार्ग प्रशस्त गर्नको निमित्त वर्तमान संविधानको रक्षा गर्दै अगाडि बढ्ने विचार लिनु र यहि मान्यताका साथ मतदानमा सहभागी हुनु सहि यथार्थ र वस्तुवादी निर्णय हुन पुग्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।