ताजा अपडेट »

रुपन्देही क्षेत्र २ (२) मा सत्ता गठबन्धनको संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

आइतबार, २० कार्तिक २०७९, १५ : ११
12 Shares

बुटवल । रुपन्देही क्षेत्र न २ (२) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित बुटवलमा आइतबार एक कार्यक्रमकाबीच प्रतिबद्धतापत्र सार्वजनिक भएको हो ।

शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैङ्गिक समानता र समावेशिता, भौतिक पूर्वाधार, कृषि तथा वातावरण विकासलाई मुख्य आधार बनाइएको छ । प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रूपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रूपमा स्थापना गर्ने उल्लेख छ ।

५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ ।

घाेषणा पत्र :-

शिक्षातर्फ :-

बि.टि.आई र अटाेभिलेजलाई इन्जिनियरङ् कलेजमा रुपान्तरण गर्ने । लुम्बिनी बाणिज्य लाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकिकरण गरी अनुसन्धान केन्द्रकाे रुपमा स्थापना गर्ने । नयाँगाउँमा सुचना केन्द्र स्थापना गर्ने । १२ सम्म निशुल्क शिक्षा र साथै लक्षित समुदाय र निरपेक्ष गरीवलाई आवास सहितकाे निशुल्क उच्च शिक्षा दिने र ।माध्यमिक तहदेखी पढ्दै कामाउदै कार्यक्रम सञ्चालन गर्ने ।सरकार सगँ समन्वय गरी कक्षा १० सम्म दिवा खाजा निशुल्क गर्ने ।

सार्वजनिक बिध्यालयमा प्रयाेगशाल आइ.सि.टि व्यबस्था गर्ने । नाैतिक शिक्षाकाे पाठ्यक्रम तय गरी र पाठ्यबस्तु एउटै बनाउने । शत प्रतिशत साक्षरता हासिल गर्ने नमुना प्राैढ शिक्षा लागू गर्ने । नागरिकमा कानुनी शिक्षा साक्षरता कार्यक्रम लागू गर्ने । शिक्षकलाई उचित पारश्रमिक सहित एक शिक्षाको एक ल्यापटपकाे व्यबस्था गर्ने ।

जनस्वास्थ्यतर्फ :-

प्राकृतिक चिकित्सालय सेवा केन्द्रकाे रुपमा बिकास गर्ने निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने । लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याड सहित आधुनिक मेडिकल कलेज बनाउने र बिरामि कुरुवालाई छुटै आवासकाे व्यबस्था गर्ने । तामनगरमा ट्रामा सेन्टेर स्थापना गरी ५ बर्षमुनिका बालबालिका र ७० बर्ष माथीका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचारकाे व्यवस्था । सबै बिध्यालयमा नर्स कार्यक्रम सञ्चालन गर्ने ।

नसर्ने राेगबाट बच्न जनता स्वास्थ्य परिक्षण कार्यक्रम लागू हुने । प्रत्येक वडामा ल्याब सहितकाे स्वास्थ्य सुबिधा उपलब्ध गरिने । जिपिएस जडान गरी आई.सि.यु एम्बुलेन्स सञ्चालन गरिने । सबै बिध्यालयमा निशुल्क सेनेटरी प्याड व्यवस्था ।    दिर्घकालिन रुपका जटिल राेगहरुका लागी स्थानीय स्वास्थ्य संस्था बाट निशुल्क उपचारकाे व्यवस्था गर्ने ।स्वास्थ्य बिमालाई कार्यन्वयन गरी विपन्नलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने । मनाेसामाजिक केन्द्र स्थापना गर्ने र सडहरुमा ट्रमा केयर सेन्टर स्थापना गर्ने ।

युवा खेलकुद तर्फ :-

युवाकाे क्षमता बृद्ध कार्यक्रम सञ्चालन गर्ने । राष्ट्रबादी युवा जनशक्तिका उत्पादन गर्ने । बिभिन्न स्थानहरुमा याेजनाबद्ध आधुनिक मापदण्ड अनुसार खेल पुर्वधार निर्माण गर्ने ।नमुना युवा संसद कार्यक्रम सञ्चालन गर्ने ।राष्ट्रिय अन्तर्राष्ट्रिय पदक बिजेतालाई व्यवसायीक जिवनकाे सुरक्षा गर्ने । निशुल्क सुधारगृहकाे व्यबस्था गर्ने र युवालाई जिवन निर्वाहकाे लागी विकास स्वयंसेवककाे रुपमा व्यवस्था मिलाउने ।नयाँ ज्ञान तथा प्रविधिकाे अनुसन्धान गरी युवा बैज्ञानिक काेष स्थापना गर्ने । व्यामशाला र खेलमैदान निर्माण गर्ने । खेलाडीलाई खेलकाे क्रममा लागेकाे चाेटपटककाे उपचारकाे लागी खेल स्वास्थ्य बिमा गर्ने। युवाहरुलाई स्वराेजगारकाे लागी सस्ताे व्याजमा कर्जा उपलब्ध गराउने । उध्यमी युवा व्यवसायी काेष निर्माण गर्ने । युवा बैज्ञानिकलाई प्राेत्साहन गरिनेछ ।

लैँगीक समानता,समावेशिता :-

जातिय लाैगिक र सामाजिक विभेद हटाई समतामुलक समाजकाे निर्माण गरिनेछ । हिसा पिडितकाे लागी सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने । प्रतिक्षालयहरुमा निशुल्क नेट सेवा बिस्तार । एक वडा एक जेष्ठनागरिक केन्द्र निर्माण ।सरकारी कार्यलयमा स्तनपान कक्ष निर्माण र सबै वर्गलाई राेजगार तथा स्वराेजगारकाे व्यवस्था गरिनेछ । गृहणी राेजगार कार्यक्रम सञ्चालन गरिनेछ । अपांगलाई दक्ष सिप बिकास कार्यक्रम ,विपन्नकाे लागी आवास सहित  महिला उध्यमशिलता र राेजगार कार्यक्रम सञ्चालन गर्ने । सडक मानव मुक्त क्षेत्र बनाईनेछ । सामाजिक आर्थिक न्यायिक बञ्चितमा परेकालाइ निशुल्क सहजकर्ता व्यबस्था गर्ने । अपांगमैत्री, बालमैत्री,जेष्ठनागरिक  मैत्री,लाैगिकमैत्री अल्पसंख्यक मैत्रि किशेरी मैत्री कार्यक्रम सञ्चालन गर्ने । लक्षित वर्गकाे लागी निशुल्क व्यवसायी विमा र सुरुमा १ लाख सम्मकाे पुँजीकाे व्यवस्था गर्ने ।गरिवकाे लागी टाेकनकाे आधारमा सहुलियतमा खाध्ययान उपलब्ध गराउने । नमुन बस्ती तथा आधुनिक सहरकाे निर्माण गर्ने ।

भाैतिक पुर्वधारतर्फ :-

सुखी जिवनकाे लागी पूर्वधारमा लगानी कार्यक्रम  अगाडि बढाईने । सबै सडक हिलाे-धुलाेमुक्त आधुनिक सडक बिस्तार गर्ने ।अव्यवस्थित बसाेबास गर्नेलाई स्वामित्व प्रदान गर्ने ।सुकुम्बासीलाई भुमी अधिकार दिईनेछ । तिलात्तमा सैनामैना र बुटवल जाेड्ने चक्रपथ सगैँ ढलकाे बैज्ञानिक व्यबस्था गर्ने । एक घर एक धाराकाे व्यवस्था गर्ने । सुबिधा सम्पन्न आधुनिक बसपार्क पार्किङकाे व्यवस्था गर्ने ।सार्वजनिक स्थलहरुमा सि.सि.टि.भी र चार्जिङ स्टेसन सहित रेफ्रेसमेण्ट पार्क स्थापना गर्ने । प्रदेशलाई बिधुतिय सवारी प्रदेश बनाईनेछ । सार्वजनिक सेवालाई बिधुतिय प्रणालिमा जाेडिनेछ ।ज्याेतिनगर र लक्ष्मीनगर पहिराेलाई दिर्घकालिन व्यबस्था तथा बस्ती एकिकरण याेजना बनाईनेछ । यस क्षेत्रमा रहेका सबै पार्कहरुलाई शान्ति पार्ककाे रुपमा विकास गरिनेछ । रणनाैतिक तथा महत्त्वका ठुला भाैतिक पूर्वधारलाई वुट सिस्टम लागू गरिनेछ ।

नदिहरुकाे बैज्ञानिक वातावरणमा व्यबस्था गरि तिनाउमा किनारमा हरियाली पार्क निर्माण गरी आरति लिने र बाेटिङ् सञ्चालन गर्ने । बुटवलकाे पुरानाे क्षेत्रलाई ऐतिहासिक स्थलकाे रुपमा निर्माण गर्ने । उपयुक्त स्थानमा धर्मशाला निर्माण गरिनेछ । थारु संस्कृतकाे संरक्षण गरि संनामैनामा थारु संग्राहालय स्थापना गर्ने । रात्रीकालिन बजार र यातायात सुरक्षाकाे व्यबस्था गर्ने । शवदाह गृह र समाधि स्थलकाे उचित व्यबस्थापन गर्ने । वन तथा चुरे क्षेत्र बसन्तपुर र नुवाकोटमा जिपलाईन र प्याराग्लाईडिङ सहित ऐतिहासिक जितगढि किल्ला र रामपिथेकसकाे पहिचान सहित पर्यटन हवकाे रुपमा बिकास । प्राकृतिक विपत्तिवाट विस्थापित घरपरिवारलाई उचित व्यवस्था गर्ने ।सडक विभाग रहेकाे जग्गामा बाेटानिकल पार्क निर्माण गर्ने । बुटवल हुदै भैरहवा र लुम्बिनी हुदै मुर्गीया सम्मकाे ट्रामा रेल सञ्चालन सम्भाव्यता अध्ययान गर्ने ।

बुटवल सैनामैना र शंकरनगरलाई आधुनिक सिटकाे रुपमा विकास गर्ने । अत्याधुनिक प्रशाेधन केन्द्र मार्फत फाेहाे व्यवस्थापन गर्ने । जलवायु परिवर्तनकाे असर कम गर्न वनसंरक्षण कार्यक्रम सञ्चालन गर्ने ।सहकारीलाई व्यबस्थित बनाई सिप तथा स्वराेजगारमूलक कार्यक्रम गर्ने ।

कृषी तथा वातावरण :-

रसायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने । खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यवसायिक कृषि क्षेत्रकाे रुपमा विकास गरी किसानलाई बाली कर्जा र विमा प्रदान गर्ने कर्जामा व्याज अनुदान दिने । तामनगरमा अन्तर्राष्ट्रिय कृषि व्यापार केन्द्र स्थापना गर्ने । एग्राेभेट तालिम केन्द्र स्थापना गरी कृषकलाई तालिमकाे व्यवस्था गर्ने । पर्यावरणकाे सन्तुलनका लागी वन क्षेत्रलाई वैज्ञानिक रुपमा संरक्षण र सम्बद्धर्न गर्नेछाै ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।