ताजा अपडेट »

पहाड: सुविधा थपिँदै बस्ती रित्तिँदै

आइतबार, २० कार्तिक २०७९, १४ : ४९
60 Shares

दक्षिण एशियाको एउटा भू–परिवेष्टित राष्ट्र नेपाल जसलाई एक पहाडी मुलुक भनेर चिनिन्छ कारण कुल भू–भागको करिव ६८% भु–भाग पहाडी क्षेत्रले ओगटेको छ हुन त नेपाल जस्तो अन्य थुप्रै पहाडी मुलुक हरुको विकाशको अवस्था हेर्दा पहाड को भौगोलिक संरचनाले पनि खासै असर गरेजस्तो देखिदैन् । तर नेपाल मा भने देशको पूर्वाधार निमार्ण र विकास को अवरोधको रुपमा पहाडको भौगोलिक अवस्था लाई लिने गरिन्छ ।

क्षेत्रफलको हिसाबले धेरै क्षेत्र ओगटेता पनि जनसंख्याको हिसाबले गणित निरन्तर ओरालो लाग्दो र निराशाजनक छ । पछिल्लो जनगणना २०७८ अनुसार नेपालका अधिकांश पहाडी तथा हिमाली जिल्लाहरुको जनसंख्या बृद्धिदर श्रृजनात्मक छ र यसको मुख्य कारण तराईतिर तथा सुगम क्षेत्रतिर बसाई सराई हो जसलाई समयमै निराकरण गर्न नसके विकाराल स्थिति आउने संम्भावना छ यसको कारण देशको आर्थिक, सामाजिक अनि सांस्कृतिक संरचना मै ठूलो असर पर्ने देखिन्छ ।

भित्रि मधेस, टार, फाँट, खोज चुरे, वेशिको साथमा शितलता र प्राण वायु प्रदान गर्ने अनि शुद्ध र मिठो पानीको स्रोत जंगल क्षेत्र रहेको नेपालको पहाडि क्षेत्र बसाई को लागि साच्चै आन्नदमय छ । सरकारले पहल गरि बास–योग्य क्षेत्र तथा खेति योग्य क्षेत्रलाई अलग गरी वसाईको व्यवस्थापन मिलाउन सक्ने हो भने देखि पहाडको आन्नददायक बसाईबाट मान्छेले विकल्प खोज्ने छैनन् । अझ गर्मीको समयमा एकछिन भए पनि गर्मी छल्न भनेर दिनहँु हजारौ मानिस तराईबाट आफ्नो नजिकका पहाडी रमणिय स्थानहरु म पुग्ने गर्छन यसले पनि पहाडको बसाई कति आननदमय छ भन्ने कुरा प्रष्ट हुन्छ । यति मात्र होईन तरकारी, मासु देखि हरेक खाध्य वस्तु सबैलाई पहाडकै अर्गानिक चाहिएको छ तर सबैलार्ई पहाडकैै बस्तुहरु प्यारो लाग्दैे गर्दा पहाडमा बसेर यसलाई उत्पादन गर्ने कसले भन्ने कुरा तड्कारो रुपमा उभिएको छ ।

२०६८ र २०७८ को लुम्बिनी प्रदेशको जनसंख्या को तुलना गर्दा २०६८ मा भन्दा २०७८ मा यस प्रदेशको जनसंख्या करिव १.५% को हाराहारीमा वृद्धि भएको देखिन्छ तर जिल्लागत रुपमा जनसंख्या को अवस्था हेर्दा अधिकांश पहाडी जिल्ला एवम् पालिका हरुको जनसंख्याको बृद्धिदर ऋणत्मक वा नगन्य धनात्मक दर छ । सबैभन्दा कहाली लाग्दो अवस्था गुल्मी जिल्लाको छ, जहाँ सबै १० ओटै पालिका को जनसंख्या वृृद्धिदर दृणत्मक छ । धेरै सुगम मानिने र बस्न अनुकुल रेसुङ्गा नगरपालिकाको पनि जनसंख्या वृद्धिदर ऋणात्मक देखिनुले पहाडबाट तराई बसाई–सराईको कहाली लाग्दो अवस्था लाई जनाउँदछ भने अर्कोतर्फ अब यसलाई कसरी कम गर्ने भन्ने चुनौती थपिएको छ । अर्घाखाचीँको ६ मध्ये ५ पालिका को जनसंख्या बृद्धिदर ऋणात्मक देखिन्छ । पाल्पा जिल्लाको हेर्दा तानसेन नगरपालिका र रामपुर नगरपालिका बाहेक अन्य ८ ओटा पालिकाको जनसंख्या बृद्धिदर ऋणात्मक छ । प्युठान जिल्लाको पनि धेरै जसो गाउँपालिकाको जनसंख्या बृद्धि हुदाँ रोल्पा र रुकुम को भने धेरै जसोमा धनात्मक बृद्धि छ । सामान्यतया सुगम मानिएका पालिका को भन्दा रोल्पा, रुकुम जस्ता जिल्लाको अवस्था फरक देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ल्ुाम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाका पालिका को जनसंख्या बसाई–सराई को कारण ले घटेको भन्दा फरक पदैन भने त्यसको प्रत्यक्ष प्रभाव यस प्रदेशका तराईका जिल्लाहरुमा परेको छ । २०६८ सालदेखि २०७८ सम्म आईपुग्दा यस प्रदेशका तराईको धेरैजसो जिल्लाका को जनसंख्या बृद्धिदर धनात्मक छ ती मध्ये सबैभन्दा बढी जनसंख्या बृद्धि हुने ४ पालीका मध्ये ३ पालिका त रुपन्देही जिल्ला मा नै पर्दछ । जसमध्ये सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाको बार्षिक जनसंख्या बृद्धिदर ३.२७ को हाराहारी मा छ भने यस प्रदेशमै सबैभन्दा बढी बार्षिक जनसंख्या बृद्धिदर चाहि तिलोत्तमा नगरपालिको छ जुन चाहि ३.८५% हो । तथ्याङ्क हेर्दा २०६८ भन्दा २०७८ सालसम्म यस तिलोत्तमा नगरपालिकाको जनसंख्या करिब ५० हजार ले बढेको देखिन्छ । शिक्षा तथा स्वास्थ्य मा नागरिकको पहुँच, रोजगारी को अवस्था तथा यातायातको सजिलो को कारण तराई का पालिकाहरुको जनसंख्या निरन्तर उकालो लाग्ने गरेको देखिन्छ ।

आखिर यस प्रदेशका अधिकांश पहाडी जिल्लाका पालीकाहरुको जनसंख्या घट्नु कारण के हुन सक्छन र बसाई–सराईलाई कसरी कम गर्न सिकएला ?

हुन त आदिले देशका पालिकाहरु स्थानीय सरकारको रुपमा काम गरिरहेका छन् । अहिले सर्वसाधारण ले गर्नुपर्ने अधिकांश प्रशासकिय, मालपोत, कर लगायतका कामहरु जजिकैको वडाबाट तथा पालिका बाट हुने गर्छन्। शिक्षा स्वास्थ्य, यातायात जस्ता जनतासँग प्रत्यक्ष जोडिएका सरोकारका कुराहरुमा पनि स्थानीय पालिकाहरुले सक्दो प्रयास गरिरहेका छन् । तापनि बसाई–सराई भने अस्वाभाविक रुपमा बढिरहेको छ आखिर सतही रुपमा हेर्दा देखिने कारणहरु के के छन् त ?

१) शिक्षा र स्वास्थ्य
शिक्षा र स्वास्थ्य भनेको आम नागरिकको नैसार्गिक अधिकार को कुरा हो । आफनो सन्ततीलाई राम्रो शिक्षा दीक्षा र विरामी हुदाँ तुरुन्त र विश्वसनिय उपचार सेवा जो कोहिले पनि खोज्ने मुख्य चासो को कुरा हो । तथापी राज्यले ठूलो लगानी गर्दा पनि सरकारी निकायबाट राम्रो रेखदेख नहुँदा र सेवा प्रदायकले आफ्नो जिम्वेवारीलाई वहन गर्न नसक्दा खासगरी ग्रामिण क्षेत्रमा अmझै पनि ठुलो समस्या देखिएको छ । जसको कारण मान्छेहरु आफ्ना बालबच्चाहरुलाई खेदेर तराईतिर लर्को लाउने गरेको देखिन्छ । ग्रामीण क्षेत्रका विद्यालय मा विदार्थीको चाहानाअनुसारको माध्यममा चाहेअनुसारको विषय अध्ययन गर्न पाउने कुरा ग्यारेन्टी भएमा बसाई सराईको क्रलाई केहि हदसम्म कम गर्न सकिनछ । अहिले शहरी क्षेत्रका सरकारी वा निजी सबै स्कूलमा विद्यार्थीको संख्या थेगिसक्नु छ भने ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी हुने अवस्था आउनै लागेको छ ।

२. यातायात

जति नै यातायातको सुविधाको चौतर्फी रटान गरेपनि कतिपय जिल्ला लाई यातायात को नमुना जिल्ला को रुपमा उपमा दिए पनि समग्रमा भन्नु पर्दा पहाडमा अझै पनि वर्षभरि एकनासको र भरपर्दो यातायात को सुविधा छैन । गाउँघरका स्थानीय बाटो को त कुरा छोडौ, जील्ला सदरमुकाम जोड्ने बाटोहरु पनि बर्षको बेलामा हिलाममे हुने र यातायात प्रभावित हुने गरेको छ । यातायात भरपर्दो नभएपछि स्थानीय उत्पादित बस्तुहरुबाट छोटो समयमै राम्रो बजार पाउने र मुनाफा कमाउने कुरा पनि परकै हुने भयो ।

३. रोजगारी

पहाडी रहन–सहन र बसाईमा सबैभन्दा विकराल समस्या भनेको रोजगारीको पनि हो । कि त सरकारी जागिरमा प्रवश गनुपर्याे या ता विदेश नै जानुपर्यो त्यसको अलवा अन्य निजि क्षेत्रमा जागिर गरेर आफ्नो जीविको पार्जन गर्न सक्ने अवसर छैन तर तेहि कुरा शहर मा धेरै सहज छ । रोजगारी को राम्रो अवसर नहुनु पनि पहाड बाट तराई वसाई–सराई को एउटा मुख्य कारण मान्न सकिन्छ ।

४. कृषि कर्ममा कठिनाईजंगली जनावरको आंतक
पछिल्लो समयमा केहि पहाडि क्षेत्रमा व्यवसायिक रुपमा कृषि फर्म भएता पनि विभिन्न कठिनाईहरु जस्तै विउ–विजन को अपार्याप्ता, बजार तथा यातायात को समस्या, श्रम गर्ने मान्छेको समस्या, यान्त्रिक औजारहरुको समस्या आदिले गर्दा मान्छेले चाहेर पनि व्यवसायिक कृषि गरेर आफु सक्षम हुन सकिन्छ भन्ने विश्वास अझै लिन सकेको छैन। अझ पछिल्लो समयमा त मानव बस्ती हरु कम भएसँगै बढेको जंगली जनावरहरुको आतंकले पनि अझै बढी समस्या ल्याएको छ । जसले गर्दा मानिस मा जति गर्दा पनि नहुने रैछ, अब गर्न सकिन्न भन्ने एउटा नैराष्यता आउन थालेको छ । जुन कुरा पनि बसाई सराई को एउटा प्रमुख कारण मध्यमा पर्छ ।

५. ब्यवसायमा मन्दी/काम र श्रम प्रति अनिच्छा
पछिल्लो समयमा जनसंख्यामा ह्रास आएसँगै पहाडी क्षेत्रमा भएका व्यवसायमा ठुलो मन्दी आएको छ । जसले गर्दाहोटल व्यवसाय तथा अन्य व्यवसाय गरेर बसीरहेका मानिसहरु पनि अवसर को खोजीमा बसाई सर्न बाध्य हुन थालेका छन् । अर्को तर्फ परिवारको कुनै सदस्य बैदेशिक रोजगारमा गएपछि अन्य सदस्यको शहर केन्द्रित बसाई–सराई पनि पहाड को जनसंख्या घट्नुको मुख्य कारण बन्न थालेको छ ।

पहाडबाट हुने यस्तो बसाई–सराइलाई रोक्नका लागि मुख्य भूमिका खेल्ने भनेको स्थानीय निकायले नै हो । स्थानीय निकायले अल्पकालीन र दीर्घकलीन योजनाहरु बनाएर स्वास्थ्य, शिक्षा तथा यातायातको क्षेत्रमा जनतालाई तुरुन्त राहत मिल्ने गरि योजना बनाई अगाडि नबढ्ने हो भनेदेखि आगामी दिनमा यसले झनै विकारल अवस्था ल्याउने निश्चित छ । यसको लागि केन्द्रिय सरकार र प्रदेश सरकारको समन्वयमा सबै स्थानीय निकायहरुले आजैदेखि एउटा संकल्प नै गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।