ताजा अपडेट »

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, २० कार्तिक २०७९, १२ : ०८
6 Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको जनाएकाे छ । 

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको महासंघले जनाएकाे छ । गत साताकाे शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आइतबार एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।