ताजा अपडेट »

दक्षिण कोरियामा भागदौडः सरकारप्रति युवाहरुको आक्रोश

आइतबार, २० कार्तिक २०७९, ११ : २२
16 Shares

काठमाडौँ । दक्षिण कोरियामा गत साता ह्यालोविन पर्वका क्रममा भागदौड हुँदा मारिएकाहरुको सम्झनामा पीडितका आफन्त राजधानी सियोलभर भेला भएर शोक मनाएका छन् । सेतो मैनबत्ती र कालो चिन्हहरू समातेका इटावन क्रसका शोकाकुल युवा राजधानीमा भेला भएका हुन् । सरकाप्रति आक्रोश व्यक्त गर्दै उनीहरुले न्यायको माग गरेका थिए ।

२९ अक्टोबरमा इटावन जिल्लामा ह्यालोविन उत्सवको समयमा भागदौड हुँदा १५६ जनाको मृत्यु भएको थियो । भागदौडमा दर्जनौँ घाइते भएका थिए । पीडितमध्ये अधिकांश युवा युवती थिए । घटनाको एक हप्ता पछि अधिकारीहरूले नगरपालिका कार्यालय र स्थानीय प्रहरी र दमकल स्टेसनहरूमा छापा मारेर अनुसन्धान सुरु गरेका छन्।

सो घटनाबारे राष्ट्रिय पुलिस प्रमुखले माफी मागेका छन् भने राष्ट्रपति यून सुक–योलले भविष्यमा भीड नियन्त्रण उपायहरू सुधार गर्ने वाचा गरेका छन् । तर सर्वसाधारणको आक्रोश भने थामि नसक्नु छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।