ताजा अपडेट »

भौतिक पूर्वाधारसँगै शिक्षा,स्वरोजगार प्राथमिकतामा : रायमाझी

शुक्रबार, १८ कार्तिक २०७९, २० : ३०
7 Shares

अर्घाखाँची । नेकपा (एमाले) केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले जिल्लामा भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा रहेका उनले जनताको घरदैलो कार्यक्रमका क्रममा सो कुरा बताएका हुन् ।

गत निर्वाचनमा विजयी उनले जिल्लामा भौतिक विकासको मात्रै आवश्यकता नभई शिक्षा,सचेतना र स्वरोजगारको पनि महत्व र आवश्यकता रहेको हुँदा आगामी निर्वाचनपछि सडक,भौतिक पूर्वाधारसँगै शिक्षा,स्वास्थ्य,स्वरोजगारलाई विशेष प्राथमिकता दिइएने बताए । रायमाझीले भने ‘ मुख्यतया अर्घाखाँची पहाडी क्षेत्र भएको हुनाले सडक पूर्वाधारलाई बढी प्राथमिकता दिइयो । तर,शिक्षा,स्वास्थ्य,स्वरोजगारका क्षेत्रहरुको विकासका लागि पनि सोहीअनुसारका संरचना विकासको आवश्यकता महसुस गरेको छु । आगामी निर्वाचनपछि जिल्लाको चौतर्फी विकासमा केन्द्रित हुने छु ।’

उनले मुलुकमा समृद्धिको खाका कोर्ने र त्यसलाई पूरा गर्ने योजना र सामथ्र्य नेकपा एमालेसँग मात्रै रहेको दावी गर्दै आफू लगाएत एमालेका उम्मेद्वारलाई मत दिन आग्रह समेत गरे । ‘ म यहाँहरु माझ निरन्तर आएको छु र, आउने छु । त्यसका लागि म लगाएत एमालेका साथीहरुलाई मत दिनुहोला । मुलुक संकटमा छ यो संकट हटाउँदै समृद्धि ल्याउने योजना रसामथ्र्य एमालेसँग मात्रै छ । वर्तमान सरकारको नेतृत्व त देख्नु भएकै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।