ताजा अपडेट »

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

शुक्रबार, १८ कार्तिक २०७९, १६ : ३९
8 Shares

काठमाडौं ।  कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । 

नेपाल पर्यटन वोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । 

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको वोर्डले जनाएको छ । वोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औषतमा ४७ हजार ३५३ जना पर्यृटक आएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।