ताजा अपडेट »

निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो

शुक्रबार, १८ कार्तिक २०७९, १६ : १७
20 Shares

काठमाडौं  । ‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । 

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो । 

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।