ताजा अपडेट »

बसको ठक्करबाट पदैलयात्रीको मृत्यु

शुक्रबार, १८ कार्तिक २०७९, १५ : ३२
14 Shares

बारा ।  वीरगंज उपमहानगरपालिका–९ स्थित सडकमा बागमती प्रदेश –०६–००१ ख ०१२२ नम्बरको बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठ रहेकी छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।