ताजा अपडेट »

खुकुरी प्रहार गरी आमाको हत्याको आरोपमा छोरा पक्राउ

शुक्रबार, १८ कार्तिक २०७९, १२ : ४४
21 Shares

काठमाडौं । आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।