ताजा अपडेट »

१५ पुसमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’

शुक्रबार, १८ कार्तिक २०७९, ११ : ४३
12 Shares

काठमाडौं । हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता अरुण चक्रवर्तीले फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने दाबी गरे । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । नेपाली र बलिउड प्राविधिकको समिश्रणमा फिल्म निर्माण भएकाले केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।