ताजा अपडेट »

फिल्म बनाउँदै कमेडी च्याम्पियन टिम

विहीबार, १७ कार्तिक २०७९, २२ : ३६
2 Shares

काठमाडौं । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । यम थापाको कथा रहने फिल्मका लागि बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ ।

थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । नाम नजुराइएको फिल्म चाँडै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । निर्माता अग्रवालले फिल्मको कलाकार र प्राविधिकको नाम केही समयमा सार्वजनिक गरिने बताए ।

निर्देशक भण्डारीका अनुसार फिल्म आगामी वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।