ताजा अपडेट »

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ

बुधबार, १६ कार्तिक २०७९, २२ : १३
56 Shares

काठमाडौं । १५ र १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्।

सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् ।

उनीहरूको खोजी तीव्र पारिएको डिएसपी अर्यालले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । -यस अगाडि स्रोत व्यक्तिको नाम अन्यथा हुन गएकोमा सच्याइएको छ ।-सम्पादक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।