ताजा अपडेट »

संघीय ढाँचा स्थापना गर्नु पर्दछ : मुख्यमन्त्री पोखरेल

विहीबार, २४ माघ २०७५, १५ : १६
8 Shares


माघ २४,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक संघीय ढाँचामा अघि बढी रहेको बेला यसबारे गलत व्याख्या र प्रचार गरिएको बताए । उनले भने ‘भर्खर एक वर्ष भएको छ, ६ महिना त्यसै बिते ६ महिनामा विभिन्न योजना तयार भएका छन् । केन्द्रिय अनुपातमा भन्दा क्षेत्रिय एवम् स्थानीय तहमा छिटो र प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयन भएका छन् । तत्कालै नतिजा खोज्नुभन्दापनि संघीयतालाई स्थापना गर्नतर्फ एकजुट हुनुुपर्दछ ।’ मुख्यमन्त्री प्रतिपक्ष दल नेपाली कांग्रेसतर्फ इंगित गर्दै उनले केन्द्रिय रोग प्रदेशमा पनि आएको हुनाले केही दिन यता प्रदेशमा सत्तापक्ष र बिपक्षबीच मतभेद भएको बताए ।

‘हामी समृद्धिको यात्रामा सँगै अघि बढेका थियौं तर, पछिल्लो समयमा केन्द्रको रोग प्रदेशमा पनि देखिएको छ । संघीयता कार्यान्वयनमा आएपनि स्थापनाको लागि एकमत भएर अघि बढ्नुुुपर्दछ ।’ उनले भने ।आज बिहिबार रिपोर्टर्स क्लब नेपाल प्रदेश नं.५ कार्यालय ,बुटवलको स्थापना दिवश तथा स्मारिका विमोचनको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशले तत्काल देखिनेभन्दापनि ठोस योग्दान पुग्ने योजनामा प्रदेश सरकार केन्द्रित रहेको बताए ।

उनले भने ‘ हामीले तीन आञ्चलिक मनोविज्ञानलाई हटाउँदै समग्र प्रदेशको विकासका लागि धेरै योजना टेण्डर प्रक्रियामा अघि बढाएका छौं। आगामी वर्षमा १सय बढी खेलमैदान निर्माण हुनेछन् । आधा दर्जन पार्क निर्माणको योजना रहेको छ । करिब १५ लाख पर्यटन आउने लुुम्बिनीमा बसाई लम्बाउने पूर्वाधार निर्माणमा योजना बनाउछौं ।’

प्रदेशको विकासमा लगानीमा नयाँ आधार खोज्ने बताउँदै आर्थिक विशेषज्ञले भने जस्तो मुलुुक आर्थिक संकटमा कहिल्यै नरहेको समेत बताए । उनले प्रदेशको विकासका लागि कृषि,पर्यटन, औधोगिक क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले नारा बनाए जस्तै समृद्धिको आधार सुुशान र विकास रहेको हुनाले प्रदेश सरकारले पनि यस विषयमा जोड दिएको बताए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमलाले क्लबको १९ वर्षको इतिहासमा धेरै राजनीतिक घटना र परिवर्तन भएको बताउँदै अबको पत्रकारिता विकासमा केन्द्रित हुनुुपर्ने बताए । उनले भने‘ १९ वर्षअघि कृष्ण प्रसाद भट्टराई पहिलो वत्त mाबाट शुुरु भएको यात्रा गणतन्त्रमा आएको छ । अबको जोड विकास र समृद्धिमा हुनेछ । ’ उनले नेपाल बनाउने अभियान बुटवलबाट सुरु हुने बताउँदै भने ’ प्रदेश ५ नेताहरुको खानी हो । आर्थिक क्रान्तिको जग यहिबाट सुरु हुन्छ । ’ कार्यक्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका बलदेब शर्मा पोखरेलले रिपोर्टर्स क्लब प्रदेश ५ ले सक्रिय रुपमा सरकार र प्रतिपक्षका विषयमा बहस गर्दै आएको बताउँदै निरन्तरताको कामना गरे ।

खनाललाई रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कार

त्यसैगरी यसै वर्षदेखि क्लबले स्थापना गरेको रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कारबाट एभिन्यूूज टेलिभिजनका प्रदेश ५ ब्यूूरो प्रमुख तथा बिजनेश खबर पाक्षिकका सम्पादक दामोदर खनाललाई प्रदान गरिएको छ । खनालले सम्मानसहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाप्त गरेका छन् । समारोहमा क्लबले ‘सुुशासन र विकास : समृद्धिको आधार’ स्मारिका बिमोचन गरेको छ ।

कार्यक्रम रिपोर्टर्स क्लब प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता, सदस्य तेजेन्द्र के.सीको स्वागत र सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।