ताजा अपडेट »

रुपन्देही प्रहरीले दुर्घटनापछि फरार गाडी पत्ता लगाउन निकाल्यो २५ हजार ईनामसहितको सूचना

सोमबार, १४ कार्तिक २०७९, १८ : ३३
16 Shares

भैरहवा । सोमबार बिहान ३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन भन्दै अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेको सूचनामा कारको बारेमा जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कारको घोषणा पनि गरेको छ ।

सोमबार बिहान पौने ६ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननीमा ३ जनाको मृत्यु भएको घटनामा हालसम्म ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छ्रैन । ठक्कर दिने सवारी साधन आकासे रंगको रहेको, अगाडी बम्फरको भागमा रातो रंगको स्टिकरको गोलाकार भित्र ताराको चित्र रहेको, सानो सवारी साधन भएको घटनास्थलमा फेला परेको गाडीको केही पाटपुर्जाबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने कार भैरहवाबाट परासी तर्फ गईरहेको थियो । दुर्घटना पश्चात सो कार फेरी भैरहवातर्फ नै फर्किएको प्रत्यक्षदर्शिहरुले जानकारी दिए ।

भैरहवा-परासी हुलाकी सडक खण्डमा भैरहवा तर्फबाट परासी तर्फ जादै गरेको नम्बर नखुलेको सवारी साधनले ५ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । त्यसमध्ये ३५ दिने शिशु सहित २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २८ वर्षीय प्रमिला कुर्मी, १४ कुर्मी सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका थिए । सोही दुर्घटनामा परि २४ कुर्मी बन्दना कुर्मि र २६ बर्षिय मन्जु कुर्मि घाईते भएका छन् ।

उनिहरुको उपचारको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भई रहेको छ । जिल्ला प्रहरी कार्यालयले सवारी साधनको पहिचान खुल्ने सुचना दिन सर्वसाधारणमा अपिल गरेको छ । सूचना दिनेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नगद २५ हजारको ब्यवस्था गरिएको अर्यालले बताए । सूचना दिने ब्यक्तिको विवरण गोप्य राखिने उनले जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा