ताजा अपडेट »

नेपथ्यले बुटवलसहित देशभर महिना लामो भ्रमण गर्ने

सोमबार, १४ कार्तिक २०७९, १५ : २६
16 Shares

काठमाडौँ । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दैआएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ । आगामी मङ्सिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसपालादेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुँदैछ ।

‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा हुनेछ । मङ्सिर १६ गते शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ । मङ्सिर १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । त्यसैगरि मङ्सिर २२ गतेका दिन हेटौँडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरू सुनाइनेछन् । हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।

हेटौंडापछि २५ मंसिरका दिन नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ । मङ्सिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन डिसेम्बर १५ तारिख आयोजना गरिनेछ । त्यसपछि पुसको ३ गते ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ । त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछ । त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते प्रस्तुत गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।