ताजा अपडेट »

बुटवलको रिजाल पोल्ट्री सप्लायर्समा अवैध कुखुरा बरामद गरी नष्ट

सोमबार, १४ कार्तिक २०७९, ११ : ४९
8 Shares

बुटवल । बुटवलको रिजाल पोल्ट्रय सप्लायर्समा अवैध रुपमा राखिएको कुखुरा बरामद गरी ईलाका प्रहीरी कार्यालय कुटवलले सोमबार नष्ट गरेको छ । बुटवल १४ बेलभरियामा अवस्थित सप्लायर्समा अन्दाजी २ सय कुखुरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपमा कुखुरा ल्याई फर्ममा बिक्रिका लागि राखेको अवस्थामा पक्राउ गरी नष्ट गरिएको हो । कन्दाजी १ लाख ५० हजार मूल्य बराबरको कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ । अन्य स्थानहरुमा समेत अवैध कुखुराको कारोबार बारे अनुसन्धान तथा खोजी कार्य भएको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।