ताजा अपडेट »

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

शुक्रबार, ११ कार्तिक २०७९, २१ : ३८
28 Shares

बारा । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।