ताजा अपडेट »

रुपन्देहीमा छठ पर्वको तयारी सुरू (फाेटाेफिचर)

शुक्रबार, ११ कार्तिक २०७९, २१ : ०२
2 Shares

भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ । 

कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् । छठघाटको व्यवस्थापन र सजावटको काम तीब्र गतिमा भइरहेको छ । विगतका वर्षको भन्दा पनि यस वर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ । छठघाटको सरसफाइ, सजावट र व्यवस्थापनमा समिति लागेको छ । काम तीब्र गतिमा भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।