ताजा अपडेट »

बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु

शुक्रबार, ११ कार्तिक २०७९, १८ : ०४
18 Shares

धनगढी । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।