ताजा अपडेट »

लुम्बिनी विकास बैंकको नाफा ६६ प्रतिशतले घट्यो

शुक्रबार, ११ कार्तिक २०७९, १५ : ३५
20 Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशत ले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको यही अवधिमा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा सञ्चालन नाफा घटेकाले र  इम्पेरिमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा पनि ७०.२१ प्रतिशत ले घटेर ८ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष सो नाफा २९ करोड २७ लाख रुपैयाँ रहेको थियो ।  बैंकले यस वर्ष इम्पेरिमेन्ट चार्ज बापत २४ करोड २६ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निष्कर्य कर्जा अनुपात १.८९ प्रतिशत बाट बढेर ३.२० प्रतिशत पुगेको छ ।  

यता, खुद ब्याज आम्दानी भने ३६.६६ प्रतिशत ले बढेर ४५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ४० करोड २१ लाख रुपैयाँ रहेको छ ।  यसको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ जम्मा भएको छ ।

गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ छ ।

 असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसाले घटेर ८ रुपैयाँ ६५ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २ पैसा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।