ताजा अपडेट »

अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्ध

शुक्रबार, ११ कार्तिक २०७९, १३ : २८
22 Shares

काठमाडौं । अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रबारको लाति तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ।

वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो। बर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ ।

आयरल्याण्डले भने तीन खेलबाट ३ अंक हात पारेको छ। टी२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।