ताजा अपडेट »

इम्पेरिमेन्ट चार्ज बढेसँगै घट्यो मेगा बैंकको नाफा

शुक्रबार, ११ कार्तिक २०७९, ११ : १७
16 Shares

काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो ।

गत वर्षको यही अवधिमा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष २९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रिभर्समा रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४९ करोड ९८ लाख ७२ हजार रुपैयाँ पुगेको हो । 

यसअवधिसम्म सञ्चालन नाफा ४५.९९ प्रतिशत ले घटेर ७० करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यता, खुद ब्याज आम्दानी भने १८.६० प्रतिशत ले बढेर १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।  यसको जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ६९ करोड १३ लाख रुपैयाँ जम्मा रहेको थियो । चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसाले घटेर १२ रुपैयाँ ४ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।