ताजा अपडेट »

महिला पुरुष क्रिकेट खेलाडीलाई बराबर म्याच फी, एक टेस्ट १५ लाख

शुक्रबार, ११ कार्तिक २०७९, १० : ५६
24 Shares

भारतीय क्रिकेटका महिला र पुरुष टोलीका खेलाडीहरुले बराबर म्याच फी पाउने भएका छन् । बीसीसीआईले महिला क्रिकेटरलाई पुरुष समान म्याच फी को व्यबस्था गरेको जनाएको छ ।


बीसीसीआईले पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फी दिने निर्णय गरेको हो । बीसीसीआईले एक टेस्ट बराबर १५ लाख, एक एकदिवसीय बराबर ६ लाख र एक टी–ट्वान्टी बराबर ३ लाख भारु पाउँदै आएका छन् ।

बीसीसीआईका सिईओ जय साहले महिला पुरुष दुबै टोलीका खेलाडीलाई बराबर म्याच फी दिने निर्णय उल्लेख गरे । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।