ताजा अपडेट »

डडेल्धुरामा जिप दुर्घटना, सात जना घाइते

सोमबार, ०७ कार्तिक २०७९, २२ : ३०
4 Shares

धनगढी । डडेल्धुरामा जिप दुर्घटना भएको हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका-५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको  छ। घाइतेहरट्ठलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।