ताजा अपडेट »

ज्ञवालीको “पत्थर जस्तो दिल” बजारमा

सोमबार, ०७ कार्तिक २०७९, १८ : १४
20 Shares


भैरहवा । गैर आवासीय नेपाली नरेश ज्ञवाली आफनै रचनामा पत्थर जस्तो दिल नामक गजल प्रकाशनमा ल्याएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै ज्ञवालीले उक्त म्युजिक भिडियो बिमोचन गर्नु गरेका छन् ।

गजललाई चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । निर्देशक रामजी लामिछानेको कोरिओग्रपिÞm तथा निर्देशनमा बनेको गजल पत्थर जस्तो दिल सोमबार गायक थानेश्वर गौतमको अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको छ । गजलमा अहिलेका चर्चित मोडल हरु सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको रचनाकार समिक्षा ज्ञवालीले जानकारी दिईन ।

नरेश ज्ञवाली दर्जनौ गजल कविताहरु लेखेको तर उनकोे यो गजल नै पहिलो प्रकाशित तथा स्वरबद्ध कृति भएको समिक्षाले बताईन । विदेश मै गीत रेकर्ड गर्ने तथा छायांकन गर्ने धेरै अवसर हरु प्राप्त भए पनि नेपाली माटोमा नेपाल कै गायक, निर्देशक तथा मोडलहरु र धेरै जनाको टिम लाई सहभागी गराउने ईच्छा सहित नेपाल आएको मौका परेर यो गीत रिलिज गरेको ज्ञवालीले बताए।

पत्थर जस्तो दिल गजल एउटा बिशुद्ध मनोरन्जनात्मक गीत हो जसमा एउटा युवा ले एउटी युवतीलाई पहिलो पटक हेरे पछि उसको रुप को बयान गर्दै आफु नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरा ब्यक्त गरेको दृश्यलाई समेटिएको ज्ञवालीले बताए । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ स्थायी घर भएका युवा साहित्यकार नरेश ज्ञवाली बिगत १२ वर्ष देखि स–परिवार क्यानडा बस्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।