ताजा अपडेट »

सरकारले धेरै हैन योग्य व्यक्तिलाई पदक प्रदान गरेको हो: गृहमन्त्री खाँण

सोमबार, ०७ कार्तिक २०७९, १४ : ००
6 Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा बिभिन्न प्रतिभाहरु रहेको बताएका छन् । गृहमन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने गरि आफ्नो जिल्लामा पदक बाडेको बिपक्षीहरुको आरोप खण्डन गर्दैे रुपन्देहीमा योग्य भएकाहरुले पदक पाएको बताएका हुन् ।

विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशिल रोटरी क्लब एवम रोट्रयाक्ट क्लबहरुले भैरहवामा आयोजना गरेको पोलियो शान्ती ¥यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री खाँणले बिपक्षीले रुपन्देहीका युवाहरुको मूल्याङ्कन गर्न नसकेको बताए । “रुपन्देहीमा एक से एक प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ ।” उनले भने “यहा पदक दिनु पर्ने अझ धेरै हुनुहुन्थ्यो तर सिमितलाई छनौट गर्नु पर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाहरुलाई पनि समेट्ने छौं ।”

रुपन्देहीको विकासमा रोटरी, रोट्रयाक्ट लगायतका क्लबमा आवद्ध युवाहरुको सहभागिता महत्वपूर्ण रहेको उनले बताए । जिल्लामा बिभिन्न सामाजिक काममा मात्र हैन बिभिन्न बिपद्का समयमा यस्ता क्लबहरुको सहयोग पं्रशसनिय रहेको उनले जिकिर गरे । ५ दलिय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले नेपाल सरकार युवाहरुलाई कुलतबाट जोगाउन र आगु औषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउदै यसमा युवाहरुले पनि सहकार्य गर्न आग्रह गरे । उनले अहिले रुपन्देहीमा गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलले अवसरहरु बढाएकोले युवाहरु बिदेश जानु भन्दा यहि रचनात्मक ब्यवसायमा लाग्न आग्रह गरे ।

गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेश सभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई शहरी क्षेत्रको साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । उनले अहिले शहरी तथा ग्रामीण क्षेत्रमा पनि लागु औषध लगायतको कुलतमा युवाहरु फस्दै गईरहेकोले यस्ता क्लबहरुले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिए । अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् ।

रुपन्देहीमा क्रियाशिल रोटरी क्लब र रोट्रयाक्ट क्लबहरुको बिभिन्न शाखाहरुले यस दिन सचेतनामूलक कार्यक्रम गरि मनाउने गरेका छन् । विश्व पोलियो दिवसकै अवसर पारेर सोमबार भैरहवामा पोलियो शान्ती ¥यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ती ¥याली, नारायणपथ, बैंकरोड, नया सडक हुदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।