ताजा अपडेट »

कालीगण्डकी करिडोरले पूरा गर्दै गुल्मेलीको समृद्धि सपना

सोमबार, ०७ कार्तिक २०७९, १० : ०७
23 Shares

हर्मिचौर । कालिगण्डकी गाउँपालिका–१ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ति सम्झना छ जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले ‘अब म हर्मिचौर आउँदा हिँडेर होईन मोटर चढेर आउँछु ।’ भनेको । यसपछि पटक–पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर, अर्वेनी, पुर्तिघाट पुग्दा मोटर चढेरै पुगेका छन् । कालिगण्डकी करिडोरको निर्माण भएसँगै सुदुरपूर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखिरहेका छन् । करिडोरले रुरुक्षेत्र, सत्यवती, कालीगण्डकी गाउँपालिकालाई समेट्दै बाग्लुङ जोडेको छ । यसैगरी कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुलाई जोडेर चीन र भारतका धार्मिक पर्यटकका लागि कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेको छ ।

कालीगण्डकी करिडोरले भारतीय तथा नेपाली पर्यटकहरुलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र शालिग्राम शिलाउ पुर्याउँदै मुक्तिनाथ मात्र होईन अपर मुस्ताङको लोमान्थाँग, छुसेर र कोरोला सम्मको गन्तव्यमा पुर्याउँछ । कालीगण्डकी करिडोरको रिडी–रुद्रवेणी–हर्मिचौरको २१ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडि शुरु भएको छ र जोडतोडका साथ काम जारी छ । यो सडकको ट्रयाक खोल्ने काम देखि लिएर हाल सम्म यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभका सदस्य प्रदिप कुमार ज्ञवालीको प्रत्यक्ष निगरानी र बारम्बारको रेखदेखमा करिडोर निर्माण कार्यले गति लिएको रुरुक्षेत्रको रिडीका हिमाल श्रेष्ठ बताउँछन ।

कालीगण्डकी करिडोरको निर्माण सँगै जहाँबाट कारिडोर गएको छ त्यो क्षेत्रमा विकासको ढोका खोलेको छ नै मुख्य रुपले सत्यवति ,कालीगण्डकी ,का माथिल्ला गाउँहरु धुसेनि ,च्यामी देउराली, भर्दालकोट, शिरकोट, गिदुवा, वकेवा, जयखानी, शानी, खड्गकोट, छापचौर, भुर्तुङ लगाएत धेरै गाउँहरूमा आउन–जान सजिलो मात्र भएको छैन मैदानी इलाकाका अस्लेवा, रुद्रवेणी, हर्मिचौर, अर्वेनी क्षेत्रसँगै गाउँका उत्पादनहरुलाई कालीगण्डकी करिडोर मार्फत बजारीकरण र आवागमनमा सजिलो भएको छ । कालिगण्डकी करिडोर आएसँगै यो क्षेत्रको समृद्धिमा नयाँ आयाम थपिएको छ नै वास्तवमा आँखा नभएकालाई नयाँ ज्योति प्राप्त भएको यो क्षेत्रका अनुभूति नागरिकले गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।