ताजा अपडेट »

कांग्रेसले घोषणा पत्र सोमबार बिहान सार्वजनिक गर्ने

आइतबार, ०६ कार्तिक २०७९, १७ : २२
25 Shares

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ । आज अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ । प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।