ताजा अपडेट »

पटका खरिद बिक्री एवं पड्काउन रोक

आइतबार, ०६ कार्तिक २०७९, १६ : ५३
48 Shares

टाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसार पसार, खरिद बिक्री र प्रयोगमा पूर्णत रोक लगाएको जनाएको छ । 

प्रशासनले कोही कसैबाट पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । तिहारकाे समयमा पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज लगाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी हो-हल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । प्रशासनले तिहारमा रातको १० बजेसम्म मात्र देउँसी भैली सञ्चालन गर्न पनि सूचना जारी गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।