ताजा अपडेट »

पत्रकारिता शुद्धिकरण अभियान सुरु गरौँः अध्यक्ष पोखरेल

आइतबार, ०६ कार्तिक २०७९, १४ : ३५
22 Shares

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता शुद्धिकरणको अभियान सुरु गर्नु पर्ने बताएका छन् ।
शुद्धिकरणको माध्यमबाट पत्रकार महासंघलाई श्रमजीवि पत्रकारहरुको संस्थाका रुपमा मात्रै महासंघलाई चिनाउन अघि बढ्नु पर्ने बताएका हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको ११ औँ साधारणसभामा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रबाट विस्थापित भइसकेका र पलायन भएका र पत्रकारिता छाडेर अन्य पेशामा गइसकेकाहरुलाई विधाई गर्न कुनै ढिला गर्न र कन्जुसाई गर्न नहुने बताए ।

‘सदस्य शुद्धिकरणका सन्र्दभमा पनि शाखाले महत्वपूर्ण निर्णय लिन जरुरी छ । त्यसका लागि साधारणससभा रणनीती तय गर्ने महत्वपूर्ण आधार हुन सक्छ । सक्रिय रुपमा पत्रकारिता गरिएका पत्रकारहरुले विधानले चाहेका सदस्यहरु संस्थामा रहने गरी काम गर्न जरुरी छ ।’–उनले भने ‘पत्रकारिता क्षेत्रबाट विस्थापित भइसकेका र पलायन भएका र पत्रकारिता छाडेर अन्य पेशामा गइसकेकाहरुलाई विधाई गर्न कुनै ढिला गर्न र कन्जुसाई गर्न जरुरी छैन् ।’

साथै अध्यक्ष पोखरलले केन्द्रिय समितिले सदस्यता प्राप्ति तथा नविकरणको प्रवधानलाई अघि बढ्न निर्देशन गरिसकेको र महासंघ रुपन्देही शाखालाई तत्काल टुङगाउन आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।