ताजा अपडेट »

लेखापढी कानुन व्यवसायी एशोसियसन पश्चिम नवलपरासीको अध्यक्षमा पुनः चौथी प्रसाद कहाँर

सोमबार, ३१ असोज २०७९, १७ : ३१
8 Shares

परासी । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन पश्चिम नवलपरासीको अध्यक्षमा पुनः चौथी प्रसाद कहाँर निर्वाचित भएका छन्। एशोसियसनको हिजो सम्पन्न २४ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले कहाँरको अध्यक्षता रहने गरी ११ सदस्यी समिति चयन गरेको छ । अध्यक्ष पदमा चौथी र बेदनिधि अर्यालको उम्मेद्धारी परेको थियो ।

आईतबार भएको निर्वाचनमा अर्याल २७ मत प्राप्त गरेका थिए भने चौथीले ७३ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्ष पदमा पनि अर्जुन प्रसाद बस्याल र रविन्द्र यादवको उम्मेद्धारी परेको थियो । यादव ३५ मतले प्राप्त गरेका थिए भने बस्याल ६२ मतसहित उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका निर्वाचन अधिकृत रामनाथ पौडेलले जानकारी दिए । सचिव पदमा गणेशराज रेग्मी, कोषाध्यक्षमा ऋिषिश्वर भट्टराई, सह–सचिवमा विश्वास खड्का निर्विरोध निर्वाचित भएका अधिकृत पौडेलले बताए ।

यस्तै सदस्यहरुमा विकास खड्का ५७ मत, दिपेन्द्र चौधरी ६२ मत, शिला गिरी ७३ मत, सुरेन्द्र मल्लीक ६० मत, ज्ञानु न्यौपाने ८० मत, संजय कुमार हरिजन ४९ मत सहित निर्वाचित भएका छन् । एशोसियसनको जिल्लामा कुल १ सय ७ सदस्य रहेकोमा १ सय २ मत खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।