ताजा अपडेट »

अर्बपति विनोद चौधरी मोटरसाइकलको पछि बसेर चुनावी प्रचारमा

सोमबार, ३१ असोज २०७९, १६ : ३९
22 Shares

बुटवल । उद्योगपति विनोद चौधरी नयाँ शैलीसहित चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी वर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरी मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुटेका हुन् ।

सामाजिक सञ्जालबाट चुनावी प्रचारको फोटो सार्वजनिक गरेका चौधरीको प्रचार शैलीबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ ।घरदैलो अभियानकै क्रममा रहेका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताए । उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताउनुभएको छ । देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै किसानका समस्या हल गर्न आफू लाग्ने उनले बताए ।

सामाजिक सञ्जालमार्फत् उनले भने, ुदेशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु । धेरै हेर्‍यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’

चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए । नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।