ताजा अपडेट »

रुपन्देहीको गैडहवाका अध्यक्ष चढ्ने गाडी प्रमुख प्रशासकीय अधिकृतले चलाउँदा दुर्घटना

सोमबार, ३१ असोज २०७९, १५ : ०८
4 Shares

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल चढ्ने गाडी दुर्घटनामा परेको छ । गाउँपालिका अध्यक्ष पौडेया्ल चढ्ने लु १ झ ३७२ नम्बरको गाडी आइतबार राति साढे २ बजे सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सडकको किनारमा रहेको विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले चलाएका थिए । काठमाडौँबाट सोमबार राति आउने क्रममा प्रमुख प्रशासकीय अधिकृत पन्थी सवार गाडी दुर्घटना परेको हो । प्रमुख प्रशासकिय अधिकृत पन्थी गाउँपालिकाको कामले शुक्रबार आफु चढ्ने गाडी लिएर काठमाडौँ गएको गाउँपालिका अध्यक्ष पौड्यालका बताए ।

दुर्घटनाबाट प्रमुख प्रशासकीय अधिकृत पन्थीकी श्रीमति तारा पन्थीसहित ३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा ४६ वर्षका माधव पौडेल र शान्ता पौडेल घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये शान्ता पौडेलको टाउकोमा चोट लागेको र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले सबै डिस्चार्ज समेत भइसकेका छन् ।

रातिको समयमा तीव्र गतिका कारण गाडी अनियन्त्रीत भएर विद्युतको पोलमा ठोक्किएको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाउँपालिका अध्यक्ष पौडेया्ल चढ्ने गाडीमा क्षति पुगेको छ । सो गाडी अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।