ताजा अपडेट »

अर्घाखाँची सिमेन्टले भारतमा निर्यात सुरु गर्यो, पहिलो पटकनै पठायो सय टन सिमेन्ट

सोमबार, ३१ असोज २०७९, ११ : ५०
22 Shares

बुटवल । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योग प्रालिले भारतमा निर्यात सुरु गरेको छ । उद्योगले सोमबार एककार्यक्रमकाबीच उद्योगबाट उत्पादित सिमेन्ट छिमेकी मुलुक भारतमा निर्यात शुभारम्भ गरेको छ । पहिलो लटमा उद्योगले भारतको आनन्दनगर र नाैतनवामा १०० टन सिमेन्ट निर्यात गरेको हो ।

सिमेण्ट भारत निर्यात उद्घाटन समारोहमा बोल्दै उद्योगका सञ्चालक पशुपति मुरारकाले नेपाली सिमेण्ट निर्यात गर्ने आफ्नो सपना पूरा भएको बताए । उनले भने ‘ नेपाली सिमेण्ट निर्यात गर्ने मेरो धेरै पहिल्यैदेखिको सपना हो । लामो प्रयासपछि पूरा भएको छ । म सार्है खुशी छु । नेपालदेखि भारतको हजार किलोमिटरसम्म कुनैपनि खानी छैन । जसले गर्दा त्यहाँ सिमेण्ट उत्पादन हुँदैन । त्यसैले उताबाट ५ सय किलोमिटर यता सिमेण्ट आउनु र यताबाट जानु उस्तै हो । हामीले सुरुवातसँगै निरन्तर र निर्यात मात्रा पनि बढाउँदै लाने योजनाका साथ निर्यात सुरु गरेका छौं ।’

त्यसैगरी उद्योगका प्रबन्ध निर्देशक राजेश अग्रवालले नेपालको सिमेण्टको भारतमा राम्रो माग रहेको बताउँदै अर्घाखाँची सिमेण्टले निर्यात सुरु गरेको बताए । उनले भने’ हामीले भारतीय बजारको माग, अनुगमन र तयारीकासाथ निर्यात सुरु गरेका छौं । त्यहाँ आवश्यक गुणस्तरअनुसारको अर्घाखाँची सिमेण्ट रहेको हुादा मागखनुसार हाम्रो सिमेण्ट पठाउन लागेका हौं ।’ सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधि ल्याएअनुसार उद्योगले सिमेन्ट निर्यात सुरु गरेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।

उद्योगले पहिलेनै निर्यात गर्ने भनेपनि भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था र नेपालमा पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न नमिल्ने व्यवस्था रहेको हुँदा कम्पनीले भारतबाट असोज पहिलो साता आइएसआई मार्क पाएपछि सिमेन्ट निर्यात गर्न शुरु गरेको कम्पनीका नायव महाप्रबन्धक कृष्ण पाण्डेले जानकारी दिए ।

सिमेन्ट निर्यात उद्घाटन समारोहमा उद्योगका संचालक गौरव अग्रवाल लगाएतको उपस्थिति रहेको थियो । यस अगाडि नवलपरासीस्थित तानसेन सिमेन्टले भारत निर्यात सुरु गरेको छ । त्यसैगरि श्री स्टील्सले फलामे डण्डी निर्यात सुरु गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।