ताजा अपडेट »

नेपाली कांग्रेस रुपन्देही–४ का नेता कार्यकर्ताको प्रतिवद्धता–“एकजुट भएर लाग्छौं”

विहीबार, २७ असोज २०७९, १८ : ४७
6 Shares


भैरहवा । नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को निर्वाचन लक्षित कार्यकर्ता भेला बिहिबार सम्पन्न भएको छ । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकाहरुलाइ विजयी बनाउने उद्देश्य सहित भेला सम्पन्न भएको हो ।

भेलाले एकजुट भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउने उद्घोष गरेको छ । क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्तामा विवाद रहेको भन्ने बिपक्षीको प्रचार मात्र भएको उनिहरुको भनाई छ । क्षेत्र नम्बर ४ का नेताहरु बिच र कार्यकर्ता समेतमा कुनै प्रकारको विवाद नरहेकोले बिगतको नतिजा भन्दा पनि बढी मतान्तरले बिपक्षीलाई पराजित गर्ने उनिहरुको भनाई छ ।

क्षेत्र नम्बर ४ को मर्चवारमा ५ सय बर्षमा हुन नसकेको विकास नेपाली कांग्रेस नेतृत्वमा बनेको सरकारले गरेको कांग्रेस नेताहरुको भनाई छ । लुम्बिनी प्रदेशका शिक्षा, खेलकुद मन्त्री समेत रहेका कांग्रेस नेता वसिउद्दिन खाँनले अहिले मर्चवारमा साना ठूला गरि ५ सय बढी योजना रहेको बताए । यस अघिका नेताहरु सामान्ती पारा देखाउदै मर्चवारका जनतालाई दास बनाएको र अहिले नेपाली कांग्रेसको नेतृत्वमा बिकासको कारण मर्चवार आफ्नो मुहार फेर्दै गएको उनले बताए ।

मर्चवारमा विकास नगरेको भन्ने बिपक्षीहरुको आरोपलाई खण्डन गर्दै मर्चवारको विकासबारे स्थानियलाई स्पष्ट पार्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे । कांग्रेसकै अर्का प्रदेश सभा सदस्य अष्टभुजा पाठकले अहिले बिपक्षीहरु आत्तिएर कांग्रेसका नेताहरुमा विवाद रहेको भ्रम फैलाइएको बताए । कांग्रेसमा कुनै प्रकारको अन्तरबिरोध नरहेको र पहिले झै पार्टी एक ढिक्का भएको बताए ।

कार्यक्रममा बोल्दै पार्टीका जिल्ला उपसभापति एवम सियारी गाउपालिका अध्यक्ष स्थानेश्वर घिमिरेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तापक्षिय गठबन्धनलाई विजयी बनाउन एक भएर लाग्न अनुरोध गरे । उनले यो एक युद्ध भएको र यसलाइ जित्न सबै तन, मन सहित एक हुन आग्रह गरे । निवर्तमान सांसद प्रमोद कुमार यादवले आफ्नो कार्यकाल ५ बर्षको रहे पनि पूरा समय काम गर्न नपाएको बताए । कोभिडका कारण अपेक्षित विकास गर्न नसके पनि उनले मर्चवारको विकासमा आफू होमिएको बताए । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य लगायतका बिषयमा धेरै काम गरेको यादवको दावी छ ।

“मर्चवारमा अझै विकास गर्ने इच्छा हो तर कोभिड लगायतको कारणले त्यो सपना पूरा हुन सकेन ।” यादवले भने “ त्यही बाकी काम पूरा गर्न फेरि एक पटक उम्मेदवारी दिएको छु, मर्चवारको विकासको लागि मेरो प्यानललाइ जिताउन सबै लाग्न आवश्यक छ ।” नेपाली कांग्रेस नेतृत्वको सरकारले क्षेत्र नम्बर ४ मा गरेको बिकासको कारण अहिले मर्चवार, छपिया, मायादेवीको मुहार फेरिएको बताउदै कांग्रेस नेताहरुले यसको प्रचार घर घर सम्म पु¥याउने प्रतिवद्द्ता जनाए ।

भेलाले क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादव, प्रदेश सभा सदस्य अस्टभुजा पाठक एवम वसिउद्दिन खानलाई विजयी बनाउन विभिन्न समितिहरु समेत गठन गरेको छ । भेलाले कांग्रेसका क्षेत्रिय सभापति मुकेश यादवको नेतृत्वमा ३ सय ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । यस्तै ४क प्रदेश सभापति शिव कुमार यादवको नेतृत्वमा १ सय ५१ सदस्यीय र ४ख का सभापति श्रीराम यादवको नेतृत्वमा पनि १ सय ५१ सदस्यीय प्रचार प्रसार समिति गठन भएको क्षेत्रिय सभापति मुकेश यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ४ अन्र्तगतका मर्चवारी, सम्मरीमाई, कोटहीकाई, मायादेवी गाउँपालिकाका सभापतिहरुको नेतृत्वमा १ सय १ सदस्यीय र क्षेत्रमा पर्ने ३१ वटा वडा सभापतिहरुको नेतृत्वमा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको उनले जनाए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा