ताजा अपडेट »

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

बुधबार, २६ असोज २०७९, २३ : ०१
12 Shares

तनहुँ । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाह विरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाई स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।

निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारी तर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।