ताजा अपडेट »

शिक्षा,स्वास्थ्य,रोजगारलाई केन्द्रमा राखेर योजना बनाए नेपाल विकसित राष्ट्रः आचार्य बालकृष्ण

बुधबार, २३ माघ २०७५, १५ : ०७
18 Shares

माघ २३,
कोपिला पोख्रेल
कपिलवस्तु । स्वास्थ्य शिक्षा रोजगारका बिषयलाई केन्द्रमा राखेर योजना बनाउन सके नेपाल बिश्वको मानचित्रमा पुग्न सक्ने ऋषिकल्प आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजले बताउनुभएको छ । पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण प्रख्यात रहनुभएको छ । उहाँले यस स्थानका लागि ठूूलो स्तरको काम गर्ने उत्कृष्ट चाहना व्यक्त गर्नुभएको थियो ।

धार्मिक स्थलको अवलोकनका क्रममा आउनु भएका आचार्य बालकृष्णको कपिलवस्तु बाणगंगा नगरपालिकामा रहेको कपिलआरोग्य मन्दिर धार्मिक बन कपिल धाममा बुधबार एक कार्यक्रमका बीच उहाँलाई स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा उहाँले नेपालको ईतिहास र अतित गौरबसाली भएको बताउदै गौतमबुद्धले बाल्य अवस्था र युवा अवस्था बिताएको ठाउँ यहाँ अन्य महारऋषिहरुको जन्मभएकोे हुदा उनिहरुको जस्तै दिव्यता र क्षमता नेपाली जनतामापनि भएको बिश्वासव्यक्त गर्नुभयो । यी कुरालाई प्रस्ट पार्दै उँहाले अगाडि भन्नुभयो‘भारत तथा बिश्वका बिभिन्न स्थानहरुका अल्गा हिमालहरुको चुचुरोमा पुगेर काम गर्ने नेपालीनै छन् । भारतका बिभिन्न चर्चित धार्मीक स्थलहरुको नाम लिदै नेपाली मजदुरहरुलेनै महलहरु खडा गरेका छन् । संसारमा कसैले गर्न नसक्ने सिर्जना नेपालीले गरेका छन् ।’


जडीबुटी र योगका लागि यस क्षेत्र सम्भावना रहेको बताउँदै महाराजले आफ्नो प्राचिन संस्कृति र आधुनिक शिक्षालाई जोडेर नँया योजना बनाएको बताउनुभयो । कार्यक्रममा बोल्दै उँहाले यँहाका बिभिन्न प्रजातिका जडीबुटिको उत्पादनको क्षेत्रमा ठूूलो काम गर्ने बताउनुभयो । बिभिन्न मलखातले थुप्रै रोग निम्तीरहेको अवस्थामा परम्परागत खेतीमा अग्रानीक मल प्रयोग गर्दा जिवन स्वस्थ रहने बताउनु भयो । त्यसको लागि यँहाका शिक्षक शिक्षीकालाई भारतको हरिद्धारमा ट्रेििनङको व्यवस्था तुरुन्तै गर्ने पनि आस्वासन दिनु भएको छ ।


कार्यक्रममा भारतका लागि नेपालका पूूर्व राजदुत दिपकुमार उपाध्याय, सांसद बिष्णु पन्थी, प्रमुख जिल्ला अधिकारी अर्जुुन प्रसाद पोख्रेल, बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु, उपमेयर चक्रअर्याल, बिभिन्न वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रम पतन्जली योगजिल्ला समिति कपिलवस्तुका अध्यक्ष कृष्णमुरारी ज्ञवालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामका आगामी योजनाका बारेमा बोल्नुभएको थियो । कार्यक्रम पतन्जली योगजिल्ला समिति कपिलवस्तुका महासचिव पोमनारायण पौडेलको संचालनमा भएको थियो । त्यस्तै यँहाका अर्को धार्मीक स्थल मधुबन धामको अवलोकनका क्रममा महाराजा बालकृष्णले अत्याधुनिक खालको गौसला निर्माण गर्ने प्रतिबद्यता समेत व्यक्तगर्नुभएको थियो । मधुबनधामका अध्यक्ष चुरामणी अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव दिलीराज रेग्मीले गर्नुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।